शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सुत्केरी महिलालाई न्यानो कपडा सहितको झोला वितरण


प्युठान, ७ माघ ।
प्युठान अस्पतालले अस्पतालमा सुत्केरी हुने महिलालाई न्यानो कपडा सहितको झोला वितरण गरिएको छ । प्युठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपति, ऐरावती गाउँपालिका उपाध्क्ष बुद्धबहादुर बस्नेत र अस्पतालका डाक्टरहरुको उपस्थितिमा उक्त सामाग्रि वितरण गरिएको हो । चालु आर्थिक वर्षको साउनदेखि विविध कारणले रोकिएको झोला दिने कार्यक्रम सोमवार देखि पुन सञ्चालनमा आएको हो । कार्यालय प्रमुख तथा लेखापाल नहुँदा रोकिएको वितरण कार्य पुनः संञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा. अमृत पन्थीले जानकारी दिए । नेपाल सरकारले नै दिने नौ सय रुपैया बरावरको एक थान मेकसी, संगै बच्चाहरुलाई लगाउने कपडा र ओछ्याउने पिसाब छेक्ने चकटी वितरण गरिएको हो ।
यातायात खर्च र सुत्केरी भत्ता पुनः शुरु
त्यस्तै सुत्केरी महिलाले सुत्केरी भएवापत पाउने यातायात खर्च आठ सय र सुत्केरी भए दुई हजार गरि दुई हजार आठ सय रुपैंया पनि पुन दिन थालिएको कार्यालय प्रमुख पन्थीले जानकारी दिए । सोमवार ऐरावती गाउँपालिका वडा नम्बर पाँच गोठीवाङ कि उसा राना, झिमरुक गाउँपालिका वडा नम्बर आठ कि पद्मा वस्नेत र झिमरुक गाउँपालिका दुई वादिकोट कि गिता केसीलाई न्यानो सामाग्रि सहितको झोला वितरण गरिएको छ ।


अस्पताल हाल सुधारउन्मुख अवस्थामा
लामो समयदेखि डाक्टर नहुँदा धेरै आलोचना खेपेको अस्पताल हाल सुधारउन्मुख अवस्थामा छ । प्रदेश पाँच सरकार मार्फत पाँच जना डाक्टर पठाएपछि हाल अस्पतालमा ल्याव, ईमरजेन्सिका विरामीलाई २४ सैं घण्टा सेवा दिदै आएको छ । अस्पतालमा दुई हप्ताको विचमा फिजियो थेरापी मेसिन समेत ल्याउने प्रमुख पन्थीले बताए । अस्पताललाई सुव्यवस्थित ढंगले सञ्चालनका लागि सामुहिक छलफल गर्ने डा. पन्थीले जानकारी दिए । उनले प्रदेशकै नमुना अस्पताल बनाउने लक्ष्य सहित अगाडी वढेकाले सबैको सहयोगको अपेक्षा समेत गरेको बताए । औषधी खरिदका लागि कार्यान्वयनको चरणमा रहेको उनले बताए । गत पुस १० गते ५ नंम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्ला अस्पताल प्युठानको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अस्पतालमा आवश्यक रहेका भौतिक पुर्वाधार, यहाँ भएका समस्या र चुनौतीका बारेमा छलफल गरेका थिए । अस्पतालमा भौतिक पुर्वाधार निर्माणका लागि डिपीआर गर्नको लागि ३५ रोपनी जग्गा प्रदेश सरकारले सहयोग गर्ने अनुगमनका क्रममा उनले बताएका थिए । प्रदेश सरकारले अस्पतालका लागि पाँच जना डाक्टर पठाएको उनले बताएका थिए । अस्पतालमा समस्या समाधान हुदैँ जाने उनको भनाई थियो । आम नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा प्रति आफु गम्भिर रहेकोले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गरि स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउने उनले बताएका थिए । प्युठान अस्पतालमा जिल्ला संगै छिमेकी जिल्ला रोल्पा, अर्घाखाचीको बिरामी समेत आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top