शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा चार जुवाडे प्रक्राउ


प्युठान, ५ माघ ।
प्युठानमा चार जना जुवाडे प्रक्राउ परेका छन् । जिल्लाको प्युठान नगरपालिका वडा नंम्बर तीन बिजयनगरमा रहेको शान्ता खड्का मगरको घरमा जुवा खेलिरहेको अवस्थामा प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्किले बताए । स्थानिय अर्जुन मगरले उक्त घर भाडामा लिएका थिए । तर उनको घर परिवार सबै रोजगारीको शिलशिलामा भारतमा गएको अवस्थामा सोहि नगरपालिका वडा नंम्बर तीन निवार्षि कमल केसी, तुकमान थापा, राजेश बहादुर कुमाल र किशोर बिष्टलाई प्रक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्किले बताए । चार जना जुवाडेको साथबाट पाँच हजार एक सय पाच रुपैया, दुई प्याकेट तास सहित प्रहरी टोलीले फेला पारी प्रक्राउ गरेको र उनिहरुलाई आवश्यक कार्वाहीको लागि मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top