शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

खाल्डोमा खरले ढाकेको अवस्थामा महिलाको शव फेला


प्युठान, २२ पुस ।
प्युठानमा एक महिलाको शव भेटिएको छ । मल्लरानी गाउँपालिका –३ चौरपानी देब्राटाकुराकी ५८ वर्षिय लोकादेवी गिरीको शव घर नजिकैको ख¥यानमा गाडेर दुई वटा खरको मुठाले ढाकेको अवस्थामा फेला परेको हो । गत १० गतेदेखी परिवारको सम्पर्कमा उनी आएकी थिईनन् । २० गते गरिबी निवारण कोषमा मासिक रुपमा उठाउनुपर्ने रकम दिन नगएपछि समुहका महिलाहरु उनको खोजी गर्न घरमा पुगे ।मासिक रुपमा बचत उठाउन जाने महिला नआएपछि महिलाहरु उनको घरमा जाँदा समेत उनलाई देखेनन् । श्रीमानलाई सोध्दा यतै छ भनेपनि उनी भेटिनन् ।
आफन्तजन,स्थानियहरुले वरिपरि खोजतलास गर्दा समेत लोकादेवीलाई नभेटेपछि स्थानियहरु चिन्तीत बने । २१ गते उनको खोजतलासका लागि कटुवाललाई हाँक पार्न लगाएर खोज्दा घरदेखी दुई समय मिटर तल जंगलमा खाल्डोमा गाडेको र माथि खर देखेपछि स्थानियले शंका मानेर जिल्लाबाट प्रहरी बोलाएको स्थानिय एंव वडासदस्य मेघराज आचार्यले जानकारी दिए । प्रहरीले आएर खोज्दा उक्त खाल्डोमा लोकादेवीको शव भेटिएको उनले बताए ।
डेढ वर्षदेखी श्रीमान श्रीमती अलग थिए
गत डेढ वर्षदेखी श्रीमान श्रीमती अलगअलग बस्दै आएका थिए । अन्दाजी ६५ बर्षिय खोड्स गिरीले आफुले उब्जीएको अन्न राख्ने र श्रीमतीलाई नदिने गर्दथे । श्रीमानले पकाएर खाएपछि मात्र आफुले पकाएर खाने र अलग अलग बस्ने गरेको स्थानिय एंव वडा सदस्य मेघराज आचार्यले जानकारी दिए । अन्न नदिएको गुनासो आएकाले ६ महिना अघि स्थानिय जुटेर अन्न दिने सम्झौता गरिएको उनले बताए । उनीहरुका तीन छोरा र दुई छोरी रहेका छन् । माईलो छोराको बिहे भएको छैन् भने अरुको बिहे भईसकेको छ । छोराछोरी घरमा नभएको समयमा उक्त घट्ना घटेको हो ।
आमा मारेको आरोपमा बाबुमाथि छोराले दिए जायरी
मृतक गिरीका छोरा अन्दाजी २२ वर्षिय पदम गिरीले आफनै बावुलाई आमाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दिएका छन् । छोराको जाहेरीको आधारमा मृतकका श्रीमान ६५ वर्षिय खोड्स गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोडसलाई प्रहरीले अनुसन्धान अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
खोड्सलाई लगेर मंगलबार प्रहरीको समुहको उनको घरमा पुगेको थियो । सोही क्रममा प्रहरी समक्ष बिजुली बाल्ने क्रममा झैझगडा परेको बयान दिएको छ । उनलाई मंगलबार अनुसन्धान पुरा नभएपछि पाँच दिनका लागि म्याद थप गरिएको प्रहरी प्रमुख कार्कीले बताए । मृतक लोकादेवी शव जिल्ला अस्पताल विजुवारमा पोष्टमार्टम पछि आफन्तजनलाई बुझाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top