
राधिका भुसाल
प्यूठान । “हामी निर्माण व्यवसायीहरु मुलुकलाई समृद्ध बनाउन चाहान्छौं”–नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले भन्नु भयो–“हामी व्यवसायीहरु मुलुक समृद्धका सम्बाहक हौं ।” मुलुकको नेतृत्व गरिरहेको सरकारले नै राष्ट्र सेवक कर्मचारीहरुलाई नै विश्वसा नगर्ने परिपाटी रहेको उहाँले बताउनु भयो । नेतृत्वकर्ता र कर्मचारी बिच नै एकअर्का प्रति विश्वास नभएको आरोप समेत लगाउनु भयो ।
निर्माण व्यवसायी संघ प्यूठानको पाऔं साधारणसभाको सम्बोधन गर्नु प्यूठान आउनु भएमा अध्यक्षले मुलुकलाई समृद्ध बनाउन सार्वजनिक खरिद ऐन सम्शोधन गर्नु पर्ने बताउनु भयो । मुलुकलाई समृद्ध बनाउनका लागि राज्यले जिम्मेवार भएर ऐनहरु बनाउन नसकेको बताउनु भयो । “ निर्माण व्यवसायी मैत्री ऐन चाहिदैन”–अध्यक्ष सिंहले भन्नु भयो–“हाम्रो मुलुकलाई आवश्यक पर्ने भौतिक पुर्वाधार ऐन ल्याउनु पर्छ ।” 
नवौं सम्सोधनले आगामी एक वर्ष भित्र मुलुकभर अलपत्र परेका २ हजार आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरी राज्यलाई हस्तान्त्रण गर्ने प्रतिवद्धता दिएको समेत बताउनु भयो । हिउदे अधिवेशनको तयारीसंगै प्रधानमन्त्रीलाई २२ बुदे माग पत्र पेश गर्न लागेको उहाँको भनाइ छ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन राज्यले सोही अनुसारको कार्यक्रमहरु अगाडि ल्याउनु पर्ने कुरा व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको आयोजना प्रतिको स्टोमेट कमजोर भएकाले व्यवसायीहरुले सम्पन्न गरेका संरचनाहरु पनि कमजोर हुने गरेको धारणा व्यक्त गरे । सबै जिल्लामा ल्यावको व्यवस्था नहुंदा व्यवसायीहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो राखेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय प्रतिनिधि, प्रदेश प्रतिनिधि जिल्लास्थित कार्यालय प्रमुख, स्थानिय तहका प्रमुख लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । सभाका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
‘पूर्वाधार विकास राज्य निर्माणको आधार, वनौ सर्व पक्षीय जिम्मेवार’ भन्दै जुम्रीमा सम्पन्न पाचौ साधारण सभाको सञ्चालन संघका महासचिव शोभाराम न्यौपानेले गर्नुभएको थियो भने संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षता रहेको सभामा संघले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
कमेन्ट गर्नुहोस !