शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

एकल लगानीमा मरन्ठानामा युनिर्फम उद्योग सञ्चालन


सागर रिजाल
प्युठान, १४ पुस ।
प्युठान नगरपालिका –१० मरन्ठाना खरिबोटका विष्णु गिरीले एकल लगानीमा राप्ती गण्डकी युनिफर्म उद्योग संचालनमा ल्याउनुभएको छ । लामो समयसम्म नेपाली आर्मीमा काम गर्नुभएका उहाँले अवकाशपछि उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो ।४४ वर्षिय गिरी २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । सुरुमा वुटवलमा उद्योग सञ्चालन गरेका उहाँले गत वर्षदेखी आफ्नै गाउँ खरिबोटमै उद्योग सञ्चालन गर्नुभएको छ ।
संस्थागत तथा सामुदायिक विद्यालयहरूका लागि चाहिने टाईवेल्ड, ट्रयाकसुट, टिर्सट लगाएतका युनिफर्म उनको उद्योगमा उत्पादन हुन्छन् । उत्पादित उक्त सामाग्रीहरु जिल्लाका सम्र्पुण विद्यालयमा पु¥याउनुको साथै छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची, बाग्लुङ लगाएतका जिल्लामा समेत खरिद हुने गरेको गिरीले बताउनुभयो । पहिले वुटवलमा उद्योग सञ्चालन गरे, गिरीले भन्नुभयो,–‘त्यहाँ खासै चलेन त्यसपछि जिल्लामा फर्के अहिले राम्रो चलेको छ । ’ पैसा संगै आफु जिल्लामा चिनीने उदेश्यले अवकाशपछि यो पेशा रोजेको उहाँले बताउनुभयो । जिल्लामा एक मात्र यो उद्योग पछिल्लो समय फस्टाएको उहाँले बताउनुभयो ।
३० लाखको लगानीमा उद्योग सञ्चालन
३० लाख रुपिँया लगानीमा उनले युनिफर्म उद्योग सञ्चालन गरेको उनले बताए । उनको उद्योगमा अहिले आठ जनाले रोजगारी समेत पाएका छन् । हाँलसम्म उद्योगबाट आठ लाख रुपिँया आम्दानी समेत गरेको गिरीले बताउनुभयो । युनिर्फम बनाउनको लागि भारत बाट कपडा मगाउने गरेको बताउनुभयो । जिल्लाका विद्यालयहरूलाई माग अनुसार युनिफर्म सुपथ मुल्यमा उपलब्ध गराउदै आएको गिरी बताउनुहुन्छ । यो समयमा चिसो मौसमको लागि उपयुुक्त तातो खाले कपडाहरु उत्पादन गरिदै आएको छ । एक हप्तामा करिब पाँच सय सेट ट्याकसुट तयार हुने र विद्यालयहरूको माग अनुसार ठुलो मात्रामा उत्पादन गर्ने गरिएको उद्योग सञ्चालक गिरीले बताउनुभयो ।
विद्यार्थीलाई सहज
विद्यालयले प्रयोग गर्ने युनिफर्म किन्नैका लागि यस क्षेत्रका अभिभावकहरुलाई जिल्लामै उद्योग सञ्चालनमा आएसंगै सहज भएको छ ।यहाँको उद्योगबाट उत्पादित कपडाको मूल्य सस्तो र गुणस्तरीय भएको कारणले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्योग सञ्चालक बताउनुहुन्छ । जिल्लाका विद्यालयहरुलाई समेत उद्योग सञ्चालनले राहत प्रदान गरेको छ । उद्योगमा मायाको चिनो,लगायतका बस्तुहरू समेत उत्पादन गरिन्छ ।
जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूले यस उद्योगबाट उत्पादित युनिफर्म अहिले प्रयोग गरेका छन् । गिरीको चार जनाको परिवार छ । उहाँले छोरालाई व्यवस्थापन संकायमा कक्षा १२ मा र छोरीलाई स्टार्फ नर्स पढाउँनुभएको छ ।जागिरपछिको जीवन काटनका लागि यो व्यपारले सहयोग गरेको समेत गिरीको भनाई छ । उनले व्यपारलाई सजिलो बनाउनका लागि प्युठान नगरपालिका ८ बाग्दुला बजारमा गोदाम कोठा समेत भाडामा लिएको बताउनुभयो । बाग्दुलाबाटै विद्यार्थीको माग अनुसारका सामाग्री वितरण गरेको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top