शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ऐरावतीले ददेरीपाँटामा पालिका भवन बनाउदैँ


सागर रिजाल
प्युठान,१० पुस ।
ऐरावती गाउँपालिका बरौला प्युठानले पालिका भवन निर्माण गर्दै छ । दुई करोड ५० लाख रुपिँया बजेटमा भवन निर्माण गर्न थालिएको हो । स्थानिय बासीहरु तिलबहादुर अधिकारी, तुलसी राउत, खिमबहादुर राउत, ज्ञानेन्द्रबहादुर थापा र खिमा राउतले दिएको ९ रोपनी निशुल्क जग्गामा वडा नं २ स्थित ददेरीपाटामा भवन निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गत वर्षको जेठ महिनामा सम्झौता भई भवन निर्माणको काम सुरु भएको हो । हाँलसम्म पहिलो तल्लाको काम सम्पन्न भएको गाउँपालिकाका प्राविधिक प्रमुख प्रजापती ज्ञवालीले जानकारी दिनुभयो ।
अगिल्लो आर्थिक वर्षमा गौतम निर्माण सेवा रोल्पाले रु ५० लाख ४९ हजार पाँच सय रुपिँयामा ठेक्का पारि पहिलो तल्लाको काम सम्पन्न गरेको हो । चालु आर्थिक वर्षमा तीन तल्ला भवन निर्माणका लागि दुई करोड रुपिँया बजेटको ठेक्का आवहन गर्ने छ । दुई वर्ष भित्रमा भवन निर्माण सम्पन्न हुने गरि ठेक्का दिईने प्राविधिक प्रमुख ज्ञवालीले बताउनुभयो । गाउँपालिकाले हाँल भाडामा भवन लिई आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।
बैठक हल र कभर्ड हल समेत निर्माण
स्थानियले दिएको निशुल्क जग्गामा बैठक कक्ष र कभर्डहल समेत निर्माण गरिएको छ । ४६ लाख रुपिँयामा बैठक हल निर्माण गरिएको प्राविधिक प्रमुख ज्ञवालीले बताउनुभयो । सन्तोष कन्ट्रक्सन निर्माण कम्पनीले उक्त हल निर्माण गरेको हो । त्यस्तै एक करोड ५ लाख रुपिँया बजेटमा कभर्ड हल समेत निर्माण गरिदैछ । आँशु निर्माण सेवाले उक्त कभर्ड हलको ठेक्का पाएको हो । अगिल्लो वर्षमै सकाउनुपर्ने भएपनि केहि काम बाकी रहेकाले अबको केहि समयमा हल निर्माण सकिने ज्ञवालीले बताउनुभयो ।
झिमरुकले वडा कार्यालयको भवन बनाउँदै
झिमरुक गाउँपालिकाले आफ्ना वडा कार्यालयको भवन निर्माण थालेको छ । नयाँ वडा थपिएका र जिर्ण भवन निर्माण शुरु गरेको हो । वडा नं ४ बाङ्गेफेदी र वडा नं ६ तोरवाङ्ग नेटाको भवन निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी दिनुभयो ।
गाउँपालिकाको रु ७० लाख, जिल्ला समन्वय समिति प्युठानको रु ५० लाख गरि जम्मा १ करोड २० लाख रुपैयामा दुई भवन निर्माण हुन लागेको हो । दुवै भवन रु ६०÷६० लाखको लागतमा बन्ने छन् ।
यसै आर्थिक वर्षमा काम सम्पन्न हुने गरि ५ कोठाको सुबिधा सम्पन्न भवन बन्ने ६ नं वडा अध्यक्ष निमान सिंह जिसीले बताउनुभयो । जिर्ण भबन हुदा कार्यालयको दैनिक कामकाजमा अफ्ठेरो परेकोले नयाँ वडा कार्यालय भबन निर्माण सुरु गरेको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा क्रमशः अन्य वडा कार्यालय निर्माण गर्न बजेट बिनियोजन गर्ने गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो । पालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
गाउँपालिकाले यसै वर्षदेखि भ्यागुतेमा नवनिर्मित सभाहलबाट सेवा सुरु गरेको छ । प्रदेश सरकारको साझेदारीमा रु ७० लाख लागतमा सभाहल निर्माण गरिएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top