शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

बिपन्न परिवारलाई एकिकृत बस्ती निमार्ण


प्युठान,९ पुस ।
प्युठानमा विपन्न परिवारका लागि एकिकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । पालिकाको वडा नम्बर ५ स्थित गाबैमा अति विपन्न परिवारका लागि एकीकृत नमुना बस्ती निमार्ण गरिएको गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताए ।
१६ वटा घर निर्माण
गाउँपालिकाले विपन्न परिवारहरु वढी भएको गाबै गाउँलाई छनोट गरि एकिकृत बस्ती निर्माण गरेको हो । केन्द्र सरकार अन्र्तगत गरिबसंग बिशेश्वर कार्यक्रम मार्फत ५० लाख र गाउँपालिकाको २७ लाख गरि ७६ लाख रुपिँया खर्च गरेर घर निर्माण गरिएको अध्यक्ष रिजालले बताए । घर निर्माणमा लगानीमा एकिकृत बस्ती निर्माण गरिएको हो । घर निर्माणमा स्थानियको समेत जनश्रमदान रहेको छ । एउटा घर बराबर करिब पाँच लाख बराबरको बजेट खर्च भएको रिजाल बताउछन् ।
बस्तीमा घर निमार्णको काम अन्तिम चरणमा भएका कारण अबको एक महिना भित्रमा लक्षित समुदायलाई हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरबिन्द्र बर्माले बताए । बस्तीमा दुई कोठे घर संगै शौचालयपनि निर्माण गरिएको छ ।

१५ दलित र एक जनजाति परिवारलाई घर
गाबैमा निर्माण गरिएका घर पाउँनेमा १५ जना दलित परिवार र एक परिवार जनजाती रहेको गाउँपालिका अध्यक्ष रिजालले बताए । स्थानीय यमबहादुर विकले दिएको आठ रोपनी जग्गामा १६ वटा घर निर्माण गरिएको हो ।
२२ विपन्न परिवार
गाबैमा २२ विपन्न परिवार रहेका छन् । त्यसमध्ये १६ वटा परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरहरु समेत चालु आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताए । पालिकाले आगामी दिनमा विपन्न परिवार र घर नभएकाहरुको पहिचान गरेर अन्य वडाहरुमा पनि घर निमार्णको कार्य थालनि गर्ने योजनामा रहेको पालिका अध्यक्ष रिजालले बताए । उनले भने,–‘वडा मार्फत छनोट भएका परिवारका लागि घर निर्माण गरिने छ ।’
घर निर्माण संगै दलित परिवार खुसी
तल पहिरो माथि घर भई पहिरोको उच्च जोखीममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुसी भएको एकिकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष्य एमबहादुर थापाले बताए । आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारीमा काम गर्ने यी दलित परिवारको न त जग्गा नै थियो न त यीनीहरुको नयाँ घर बनाउने सामथ्र्य अध्यक्ष सुनार भन्छन्,–‘पालिकाले नयाँ घर निर्माण गर्दियो यी परिवारलाई राहत हुने भएको छ । ’ यहि महिनाको अन्तसम्ममा यी परिवारहरु नयाँ घरमा बस्न पाउँने अध्यक्ष सापकोटा बताउछन् । घर निर्माण भएसंगै दलित परिवारले रोजगारीको समेत व्यवस्था गाउँपालिकालाई गर्दिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top