
पाँच लाख वढी क्षती
प्युठान, ८ पुस ।
प्युठान नगरपालिका –५ जुम्रीकाढाँ पुर्णगाउँ कुनापानीमा एक घरमा आगलागी भएको छ । कुनापानीका टोप बहादुर खड्काको घर गोठमा आगलागी भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए । घरमा बच्चाहरु भएको बेला आगलागी भएको हुँदा आगलागीको कारण भने खुल्न सकेको छैन् ।
आगलागीबाट लत्ता, कपडा, भाडाहरु, अन्नपात जलेका छन् । आगलागीबाट पाँच लाख ७६ हजार बराबरको क्षेति भएको वडा अध्यक्ष भण्डारीले बताए । अआगलागिबाट कुनै मानविय क्षति भएको छैन् । आगलागी पिडीत खड्का परिवारका तीन सदस्य अहिले सानो टहरा बनाएर छिमेकीको सहयोगमा बसेका छन् । आगलागी पिडीतलाई बुधवार नगरपालिका र वडा कार्यालयले सहयोग गर्ने वडाअध्यक्ष भण्डारीले बताए ।
कमेन्ट गर्नुहोस !