
प्युठान, ६ पुस ।
प्युठान प्रहरीले सभ्य समाज निमार्णका लागि घरेलु मदिरा नियन्त्रण गर्दै आएको छ । घरेलु मदिराले समाजमा अराजक गतिविधि निम्ताउने भन्दै यो अभियानलाई तिव्रता दिदै आएको हो । यसले लैगिक हिंसा, कलह, झै झगडा हुने भएकोले जिल्ला भरनै यसको निगरानि र नियन्त्रणको कामलाई जारि राख्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले बताए । विहिवार मात्रै प्रहरीले जिल्लाको प्यूठान नगरपालीका वडा नम्बर नौ ठुलासिममा अबैध रुपमा बिक्री बितरण गर्न राखिएको एक सय ८५ लिटर घरेलु मदिरा फेला पारी स्थानीय प्रतिनिधि, स्थानीय नागरीकको रोहवरमा नियन्त्रण गरी नष्ट गरिएको प्रहरी प्रमुख कार्कीले बताए । प्रहरी चौकी मरन्ठानबाट खटिएको प्रहरी सहायक निरीक्षक टिका बहादुर कवँरको कमाण्डमा तीन जनाको प्रहरी टोलीले फेला पारी नष्ट गरिएको उनको भनाई छ । विगत लामो समय देखि प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत नागरिक घरदैलो कार्यक्रमको सिलसिलामा उक्त मदिरा फेला पारी नष्ट गरिएको हो । शान्ति शुरक्षामा यमन चयनका लागि जिल्ला प्रहरी कार्यालयले विभिन्न घट्ना रोक्न र शान्ति शुरक्षा कायम गर्नको लागि विनिन्न कार्यक्रम गर्दै आएको छ । मदिराकै कारण समाजमा लैगिक हिसां बढ्ने भन्दै यो अभियान सञ्चालन गरेका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले बताए । मदिरा नष्ट गर्दै सभ्य समाज निमार्ण गर्ने योजना रहेको उनकोे भनाई छ । यो अभियानले आम नागरिकहरु सजक र चेतनशिल बन्दै जान थालेको बताए । आर्थिक वर्ष २०७६÷०७७ को चार महिनामा मात्रै जिल्लाका विभिन्न ठाउँहरुबाट दुई हजार बढी मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको कार्कीले बताए ।
सचेतनाका लागि घरदैलो कार्यक्रम पनि जारी
प्रहरीहरु प्रत्येक नागरीकको घरदैलोमै पुगेर विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । नागरीकहरुको गुनासो सुनेर उनिहरुको समस्याका वारेमा सम्बोधन गर्दै आएको प्रहरी प्रमुख कार्कीले बताए । प्यूठान प्रहरीले शुरु गरेको नागरिकको घरदैलोमा नेपाल प्रहरी अभियान अन्तर्गत प्युठान प्रहरीका विभिन्न युनिटहरु ईलाका प्रहरी कार्यालय ओखरकोट, पुजालीवासे, भिंगृ,फोप्ली, ढुङ्गेगढी,स्याउलीवाङ बाट आ आफ्नो वडा एरियामा घरदैलो कार्यक्रममा प्रत्येक घरमा पुगेर प्रहरीका काम कारवाहीका सम्वन्धमा नागरिकहरुको गुनासा, सुझावहरु संकलन गर्दै आएको छ यसैगरी कार्यक्रम अन्तर्गत प्रहरी सँग एक दिने कार्यक्रम गत मंसिर ३० गते श्री भानुभक्त माध्यामीक बिद्यालयमा अध्ययनरत कक्षा नौ र १० का ३० जना छात्रालाई कार्यालयको भ्रमण गराउनुको साथै प्रहरी कार्यालयको बिभिन्न शाखाहरुबाट सम्पादन हुने कार्यहरुको बारेमा जानकारी गराएको उनले बताए । साथै विद्यार्थीहरुलाई बालबिबाह, जबरजस्ती करणी, र आधारभुत सुरक्षा लगायतका बिषयमा जानकारी गराईएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमको क्रममा प्यूठान प्रहरीले शुरु गरेको नागरिकको घरदैलोमा नेपाल प्रहरी अभियान अन्तर्गत प्युठान प्रहरीका विभिन्न युनिटहरु ईलाका प्रहरी कार्यालय ओखरकोट, लुङबहाने, पुजालीवासे, प्रहरी चौकी फोप्ली, ढुङ्गेगढी, डामृ, चुँजाठाटी, दाङवाङ, मरन्ठाना, स्याउलीवाङ, अस्थायी प्रहरी पोष्ट बाग्दुला लगाएतबाट आ आफ्नो वडा क्षेत्रमा घरदैलोमा पुगेर सचेतनाका कार्यक्रम गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस !