
प्युठान, ३ पुस ।
प्युठान नगरपालिका वडा नं १ र २ खैरा दाखाक्वाडी क्षेत्रको झिमरूक खोलामा तटबन्ध गर्न लागिएको छ । लामो समयदेखी यस क्षेत्रका नागरीकहरुह लामो समय देखि खोलाले जग्गा कटान गर्दा दुखीत थिए । आफनो व्यक्तिगत जग्गा वर्षाको समयमा कटान गर्न थालेपछि स्थानिय चिन्तित बनेका हुन् । खेति योग्य जमिन दिन प्रतिदिन मासिदै गएपछि अहिले जग्गा संरक्षणमा स्थानिय सरकार लागेको छ । किसानहरुको रोजि रोटी र जग्गा संरक्षणका लागि नगरपालिका अग्रसर बनेको हो ।
यस क्षेत्रका किसानहरुको खेति योग्य जग्गा वर्षा यामको समयमा बढी मासिदै गएपछि नगरपालिका जग्गा संरक्षणमा लागेको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । यस क्षेत्रका स्थानियहरुले खेतियोग्य जमिन बचाईदिन आग्रह गरेपछि नगरपालिकाले यो कार्य सुरु गरेको नगरप्रमुख कक्षपतिले बताए ।
एक करोड बजेट विनियोजन
नगरपालिकाले तटबन्ध गर्नैका लागि चालु आर्थिक वर्षमा एक करोड रुपिँया बजेट विनियोजन गरेको नगरप्रमुख कक्षपतिले बताए । यो भन्दा अगि सिँचाई डिभिजन लगाएतका संस्थाले काम गरेपनि दिगो र प्रभावकारी हुन नसकेपछि नगरपालिकाले तटबन्धको काम सुरु गरेको कक्षपति बताउछन् । यसअघि भिमरुक नदीले सात सय रोपनि भन्दा बढी जग्गा मास्यो, नगरप्रमुख कक्षपतिले भने,–‘अब पनि किसानहरुको जग्गा नमासियोस भनेर यो काम सुरु गरेका हौँ ।’ जग्गा मासिएपछि स्थानियको गुनासो वढेको थियो,उनले भने,–‘ गुनासो सम्बोधन गरेर काम पनि गर्यौ ।’ तटवन्धको कार्य अब तीन सय मिटर बाकी रहेको नगरप्रमुख कक्षपतिले बताए ।
नगरका अन्य क्षेत्रमा पनि तटबन्ध गरिने
नगरपालिकाले यस क्षेत्र संगै अन्य ठाउँमा पनि खोलाले जग्गा मासिएको ठाउँ पहिचान गरेर तटवन्धको काम थालनी गर्ने कक्षपतिले बताए । खेति योग्य जमिनको संरक्षणको गर्दै कृषिबाट कृषकको आयस्तर बढाउने नगरपालिकाको योजना छ उनले भने । नगर क्षेत्रका अन्य खोलाको जोखिम क्षेत्र विजुवार, वाग्दुला क्षेत्रमा पनि तटवन्ध गर्ने बताए । झिमरुक खोला आसपासका जग्गाको पहिचान गरी अरु ठाउँमा पनि काम शुरु गर्ने कक्षपतिले बताए ।
तटबन्धको कार्यसंगै स्थानिय खुसि
वर्षेनी यस क्षेत्रका किसानहरुको खेतियोग्य मासिरहेको थियो, स्थानिय खगेश्वर पौडेलले भने,नगरपालिकाले यसरी टटबन्धन गर्ने हो भने किसानका खेतहरु बच्ने थिए । नगरपालिकाले किसानहरुको क्षेत्रमा गर्न लागेको यो काम राम्रो भएको र यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । वर्षेनी खेति लगाएपनि खोलाले लगिदिएर खेति स्याहार्न पाईएको थिएन् । यहाँका धेरै किसानहरु दुखीत थिए पौडेलले भने, –‘अब हामीहरुले उत्पादन गरेको खेति राम्रो संग बच्ने भयो ।’ यसले गर्दा यस क्षेत्रमा उत्पादन पनि वढने छ । पौडेल संगै यस क्षेत्रका किसानहरु नगरपालिकाले तटबन्धनको कार्य थालेपछि खेति गर्न पाईनेमा खुसी छन् ।
कमेन्ट गर्नुहोस !