शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा एक बृद्ध मृत फेला


प्युठान,२६ मंसीर ।
प्युठानमा एकजना बृद्ध मृत फेला परेका छन् । जिल्लाको नौवहिनी गाउँपालिका –१ स्याउलीवाङका ७२ वर्षिय हिरे कामी मृत अवस्थामा फेला परेका हुन् । गत मंसीर २१ गते छिमेकी अनिता बुढा मगरको छोरी अस्मिता बुढा मगरको बिहेमा जान्छु भनि घरबाट हिडेको विक घरमा नआएपछी खोजतलास गर्ने क्रममा बुधवार नार्ग पहिरो भिरबाट अन्दाजी ८० मिटर तल जमिनमा फेला पारेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बाहाने र प्रहरी चौकी स्याउलिबाङ को प्रहरी टोलीले मृत शव फेला पारेको थियो । निजको श्रीमति हुमि बिकलाई शव बुझाईएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top