शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

राहत माग्दै प्युठान आइपुगे राउटे


प्युठान  ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख जाती राउटे समुदाय सामाजिकरणतर्फ उन्मुख हुन थालेका छन् । आफूलाई जंगलको राजा मान्ने राउटे जाती पछिल्लो समय जंगल छाडेर गाउँ तथा बजारमा देखीन थालेका हुन् । विगत जस्तो जंगलमा खानेकुरा पाउन छाडेपछि उनहिरु राहत जुटाउनका लागि बाहिर हिडने गरेका छन् । आईतबार प्युठान नगरपालिकाको कार्यालय विजुवारमा एक राउटेको समुह आयो । उनलाई प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले स्वागत गरे । परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु अहिले सरकारले आफुहरुलाई दिएको राहत नपुग्ने भन्दै सहयोग माग्दै नगरपालिकासम्म पुगेका राउटे समुहले बताएको नगरप्रमुख कक्षपतिले जानकारी दिए । राउटे भद्रबहादुर शाहिको नेतृत्वमा चार जना प्युठान नगरपालिकाको कार्यालयमा आएको कक्षपतिले बताए । आफूले जंगलमा बस्दा उत्पादन गरेका काठका भाँडा विक्री नभएपछि विक्रि र राहतका लागि उनिहरु नगरपालिकामा आएको राउटेका मुखीया भद्रबहादुर शाहीले बताए । उनले भने,–‘ आफुहरुले उत्पादन गरेका वस्तु विक्रि गर्न र जिविकोपार्जनका लागि राहत माग्ने गरेका छौँ ।’
सुर्खेतको जंगलमा बस्दै आएका राउटेको समुह आफनो खर्चको लागि गाडी चढेर प्युठानसम्म आएका हुन् । शाहीले आफ्नो बस्तीमा करीब ७५ जना राउटे रहेको पनि बताए । खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आएका हौँ शाहिले भने । राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर अन्य खाद्य सामाग्रि र नयाँ कपडा दिए पनि लैजाने बताए । सरकारले मासिकरुपमा दिँदै आएको दुई हजार निकै थोरै भएको उनले गुनासो गरे ।
प्युठान नगरपालिकाले दियो १० हजार राहत
राउटेको समुहले प्युठान नगरपालिकालाई आफुहरुले जंगलमा निर्माण गरेको सामाग्री उपहार दिएको नगरप्रमुख कक्षपतिले बताए । उता प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले १० हजार रुपिँया राहत राउटे परिवारलाई दिएको बताए ।सरकारले दिएको राहत पुगेन भन्ने गुनासो गरेपछि नगरपालिकाले सहयोग गरेको नगरप्रमुख कक्षपतिले बताए ।
प्रजिअ सम्म पनि पुगे राउटे
सुर्खेतबाट आएका राउटेको समुह जिल्ला प्रशासन कार्यालय खंलगामा पनि पुगेको छ । प्रशासनमा पुगेका राउटेलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले कार्यकक्षमा स्वागत गरेका थिए । राउटेहरुले पन्थ समक्ष पनि सरकारले दिएको राहतको गुनासो गरेका थिए , सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top