शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सहकारीको साधारणसभामा निम्नवर्गीय बालबालिकालाई शैक्षिक सामाग्री


प्युठान, २२ मंसिर ।
प्युठान नगरपालिका– ३ रातामाटामा रहेको विजय लक्ष्मी महिला वहुउद्देश्यिय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधा पुलामीको अध्यक्षता तथा नगर प्रमुख अर्जुन कुमार कक्षपतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस अबसरमा साधारणसभाका प्रमुख अतिथि कक्षपतीले सहकारीको सफलताको शुभकामना दिदै महिलाहरुले नेतृत्व गर्दै सञ्चालनमा ल्याएको सहकारीले महिलाहरुको आयस्तरमा वृद्धि गर्न ठुदो भुमिका खेलेको बताए थिए । सहकारीमा आवद्ध सदस्यको जिवीकोपार्जन संग जोडेर आम्दानीको श्रोत बढाउनु पर्ने बताए । सहकारीको माध्यमवाट महिलाहरु पनि आत्मर्निभर र सक्षम हुनु पर्ने धारणा राखेका थिए । यसको माध्यमवाट पछिल्लो समय बचत गर्ने बानीको समेत विकास भएको उनको भनाई थियो ।
१६ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
सहकारीको साधारसभामा ३ नम्बर वडामा रहेका आठ विद्यालयवाट अति निम्नआयस्तर भएका एक जना छात्र र एक जना छात्रालाई छनोट गरेर १६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । एक÷ एक अ‍ोटा झोला, एक÷ एक दर्जन कपि एक सेट कलम प्रदान गरिएको संस्थाका अध्यक्ष पुलामीले जानकारी दिईन् । यस्तै सोही वडामा बस्दै आएका अति गरिब घरपरिवारका श्रीमान श्रीमतीलाई एक हजार नगद र श्रीमतीलाई सल र श्रीमानलाई चिसोको मौसमलाई लक्षित गर्दै टयाक्सुड प्रदान गरीएको उनले बताईन् । १४ वर्षको अवधिमा संस्थाले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । गतवर्ष सहकारीमा आवद्ध जेष्ठ सदस्यहरुलाई देउघाट भ्रमणका लागि लगिएको थियो भने यस आर्थिक वर्षमा ५० जना जेष्ठ शेयर सदस्यलाई दाङको धार्मीकस्थल पाण्डवेश्वर धारापनी र वाह्कुने दहका घुमाउन लगिएको उनले बताईन् । संस्थामा हाल आठ सय सदस्य रहेको र आगामी दिन यसलाई बढाएर सदस्य थप गर्ने योजना रहेको उनले बताईन् ।

महिलालाई स्वरोजगार गराउँदै सहकारीसंस्था
संस्था मार्फत महिलाहरुलाई स्वरोजगार बनाउनको लागि हलेदो खेतीका लागि पाँच हजारका दरले २५ जना महिलालाई विना व्याज सहित ऋण दिएको अध्यक्ष पुलामीले बताईन् । संस्थामा आवद्ध महिलाहरु अहिले कुनै पनि घरमा खालि नबसेर संस्थाको सहयोगमा बाख्रा पालन, कुखुरा पालन लगाएतका कुनै न कुनै व्यापार व्यवासयमा आवद्ध भएर आत्र्मनिर्भर भएको अध्यक्ष पुलामीको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top