शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

उपचार नपाएकी कमलाको लागि आर्थिक सहयोग जुट्दै


२१ मंसिर । राधिका भुसाल
प्यूठान । लामो समय देखि आर्थिक अभाव हुंदा स्वास्थ्य उपचार नपाएकी कमला परियारको लागि केही रकम उपचार खर्च जुटेको छ । प्यूठान नगरपालिका ८ का वडा अध्यक्ष लिपाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी, छिमेकी मिठु पुरी र जगत महतराको पहलमा नगरपालिकाबाट १५ हजार, मरन्ठाना निवासी हाल साउदीमा कार्यरत सुर्य बहादुर केसीबाट १० हजार र वडावासी तथा स्थानिय छरछिमेकीबाट ६ हजार ४ सय ७५ रुपैया गरी ३१ हाजर ४ सय ७५ उपचार खर्च जुटेको हो । उक्त रकम शनिवार पीडित कमलालाई हस्तान्त्रण गरिएको छ । उपचार गर्ने रकम उपलब्ध हुंदा साथ वडा अध्यक्ष केसीको पहलमा एम्बुलेन्स सेवा निशुल्क गराई अञ्चल अस्पताल बुटवल पठाइएको हो ।
प्यूठान नगरपालिका ८ खप्रेङखोला जुकेपानी निवासी ३६ वर्षे कमलाको शरिरको पुरै भाग सुन्निए पछि ओछ्यान मै थला परेकी छिन् । ‘एक्कासी खुट्टाबाट सुन्निन सुरु भएको हो’–कमलाले भन्नु भयो–‘अहिले त पेट पनि पुल्लिएको छ, अन्य सबै ठाउँ र टाउँको समेत सुन्निएको छ ।’ पुरै शरिर फुल्लिएको एक हप्ता पछि जिल्ला अस्पताल विजुवार पुगेको बताउदै केही दिन औषधी सेवन गरेको बताउनु भयो । तर स्वास्थ्य अवस्थाका केही सुधार नआएपछि जिल्ला अस्पताल विजुवारका डाक्टरहरुले जिल्ला बाहिर लगेर उपचार गर्न सुझाव दिएको उहाँको भनाइ छ । तर, आर्थिक अवस्था नाजुक भएका कारण घरका थला परेर बस्नु परेको उहाँले बताउनु भयो । ‘धन सम्पतीको नाउँमा सानो झुपडी बाहेक केही छैन’– पीडित कमलाले भन्नु भयो ‘ज्यान सान्चो भए त मजदुरी गरेर पनि छोरा छोरीको लालन पालन गर्थे ।’ दुइ छोरा र तीन छोरीको आमा पीडित कमला आफ्नो २ वर्षे छोराको साथमा हाल माइती घरमा आश्रय लिएर बस्दै आउनु भएको छ ।
उपचारको लागि सहयोग माग्दै छिमेकी


सुरुका दिनहरु देखि हरेक किसिमको सहयोग गर्दै आउनु भएका छिमेकी मिठु पुरीले भन्नु भयो ‘पैसाको अभावमा उपचार नपाएर अकालमै कोही मर्नु हुदैन, सहयोग उठाएरै भएपनि उपचार गराउनु पर्छ ।’ आर्थिक रुपले विपन्न परिवार भएको हुंदा मानवताको हिसावले सबैले सक्दो गरी कमलाको उपचारमा सघाउन आग्रह समेत गर्नु भयो । खाद्यन्न, लत्ता कपडा र सामान्य आर्थिक सहयोग गरेता पनि उपचारका लागि मोटो रकम जुटाउन नसेको उहाँले बताउनु भयो । आफुले विरामीको अवस्था बुझ्नका लागि मोवाइल फोन समेत सहयोग गरेको बताउनु भयो । ‘यो परिवारको अवस्था एकदमै दयनीय छ’– छिमेकी मिठु पुरीले भन्नु भयो ‘ज्याला मजदुरी गरेर विहान साझ हातमुख जोर्ने र परिवारको नांगो ढाक्ने गर्थे अब त्यो बाटो पनि बन्द भयो छोरा छोरीको विचल्ली छ ।’
वडा अध्यक्ष लिलाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी लगायत अन्य छिमेकीहरुले पटक पटक सहयोग गर्दै आएको पीडितका बुबा राम बहादुर परियारले बताउनु भयो । आफ्नो छोरी बचाउनका लागि अहिले सम्म सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै अब उपचारका लागि सबैले आर्थिक गरिदिन आग्रह समेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top