शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पालिका स्तरिय बालसञ्जाल अध्यक्षले गरिन बालविवाह


१४ वर्षमा बालविवाह

प्युठान,२० मंसीर
गौमुखी गाउँपालिका स्तरीय बालसञ्जालकी अध्यक्ष बसन्ता खड्काले बालविवाह गरेकी छिन् । गौमुखी गाउँपालिका– ६ लिवाङका काले खड्काकी छोरी बसन्ताले गत १६ गते विवाह गरेकी हुन् । भिकृटी माध्यामिक विद्यालय लिवाङमा कक्षा १० मा अध्ययनरत १४ वर्षिय खड्काले मदाने गाउँपालिका– १ अग्लुङका पुरुषसंग भागी विवाह गरेको जिल्ला बालसञ्जाल प्युठानका निवर्तमान अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताए । गौमुखी गाउँपालिका स्तरीय बालसञ्जालका निवर्तमान अध्यक्ष भरत पुनले जानकारी दिए पछि घट्ना बाहिरीएको हो । बालविवाह न्युनीकरणका लागि अहोरात्र खटिदाखटिदै पनि आफै एउटा पालिकालाई नेतृत्व गर्ने अभियान्ताले नै बालविवाह गरेकोमा उनले दुख व्यक्त गरे । उनले भने,–‘ यो विवाह नबुझेर भन्दा पनि अटेरी गरेर हो भन्ने स्पष्ट छ । ’ यस्ता अटेर गर्ने १÷२ जना व्यक्तिले गर्दा अभियान्ताहरुको नै छबी विग्रिदै गएको उनले बताए । बालविवाह न्युनीकरणको साटो बालविवाह बढ्वा गर्ने व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायलाई उनले ध्यानाकर्षण गराएका छन् । साथै सबै पालिका तथा वडाहरुका सञ्जाललाई एक्यवद्धता ढंगल सञ्चालन गर्नुका साथै बालबालिकामा पर्ने समस्याहरु न्युनीकरणका लागि जिल्ला बालसञ्जाल प्युठान चनाखो हुनुपर्ने उनको जोड छ । १४ वर्षिय खड्का डेढ वर्षदेखी बालसञ्जालको नेतृत्व गर्दै आएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले प्रहरी चौकी पुजाँ लिवासेलाई खबर गरि थप अनुसन्धान गरिरहेको बताए । पालिका अध्यक्ष विष्णुकुमार गिरीले यस घट्नाबारे थप बुझने बताए । पालिकामा वालविवाह न्युनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार कार्यक्रम भईरहेका छन् उनले भने । चेतनामुलक कार्यक्रमहरु गर्दा पनि बालअभियान्ताले समेत बालविवाह गरेपछि अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

दुई वर्षको अवधीमा ५८ बालविवाह रोकिए
विगत दुई वर्षदेखी जिल्लामा ५८ जोडी बालविवाह रोकिएका छन् । जिल्ला बालसञ्जाल प्युठान, स्थानिय तहका बालसञ्जाल, क्लब र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको जिल्ला बालसञ्जाल प्युठानकी अध्यक्ष मिना सुनारले बताईन् । बालविवाह गर्नेलाई मुलुकी कार्यविधि संहिता २०७४ अनुसार तीन वर्ष जेल र ३० हजार जरिवानाको व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top