
प्युठान,१७ मंसीर ।
प्युठान नगरपालिका–४ विजुवार कृषि सेवा केन्द्रको भवनमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । प्युठान र रोल्पा जिल्ला हेर्ने गरि कार्यालयको स्थापना गरिएको हो । उक्त कार्यालयको मंगलबार ५ नंम्बर प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सदस्य रिजालले बुटवलबाट हुने सेवा जिल्लाबाट हुनेभएपछि यस क्षेत्रका जनतालाई सहज हुने बताए । प्रदेश सरकारले प्युठान जिल्लालाई उपयुक्त ठानी कार्यालय स्थापना गरेकामा उनले खुसी व्यक्त गरे । दुई वर्षसम्म सेवा लिन दुःख पायौ, उनले भने,–‘कार्यालय स्थापना भयो अब सहज हुनेछ । ’ अगिल्लो वर्ष यस क्षेत्रबाट हुने योजनाहरु थाहाँ नपाउँदा बजेट फ्रिज भएको स्मरण गर्दै यस आर्थिक वर्षमा यो समस्या नदोहृोरिने उनले बताए ।

सामाजिक विकास डिभिजन कार्यालयले दुई जिल्लामा शिक्षा, यूवा, विज्ञानप्रविधि, खेलकुद, श्रम तथा रोजगार, सामाजिक न्याय तथा सशक्तिकरण(बालबालिका, जेष्ठनागरिक, महिला, अंपाग ) लगाएतका क्षेत्रहरुमा काम गर्ने सामाजिक विकास मन्त्रालयका उपसचिव टिकाराम अर्यालले बताए । ५ नंम्बर प्रदेशमा २÷२ वटा जिल्ला हेर्नेगरि ६ वटा डिभिजन कार्यालय स्थापना गरिएको उनले बताए । कार्यालय स्थापना भएसंगै यस क्षेत्रमा काम गर्नुका साथै अनुगमन गर्न समेत सहज हुने विश्वास लिएको उनको बताए।
कार्यालय टाढा हुदाँ अगिल्ला बर्षहरुमा धेरै समस्या झेल्नुपरेको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । उनले भने,–‘अब यस क्षेत्रले गर्ने कामहरु जनताले नजिकबाट बुझन पाउने छन् ।’ कार्यालय स्थापनाले यस क्षेत्रका जनतालाई सहज हुने उनले बताए । सामाजिक विकास मन्त्रालयले दुई जिल्ला हेर्ने गरि डिभिजन प्रमुख विष्णुप्रसाद भूसाललाई तोकेको छ । भुसालसहित ५ जना कर्मचारी जिल्लामा रहने छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ, प्रदेश सदस्य हरिप्रसाद रिजाल , नगरप्रमुख अर्जुनकुमार कक्षपति, जनप्रतिनीधि, सामाजिक विकास मन्त्रालयका उपसचिवहरु टिकाराम अर्याल,थानेश्वर ज्ञवाली, स्थानिय लगाएतको उपस्थिती रहेको थियो । सामाजिक विकास डिभिजन कार्यालय,स्वास्थ्य कार्यालय र प्युठान अस्पताल गरि जिल्लामा तीन कार्यालय प्रदेश मातहतमा सञ्चालन भएका छन् ।
कमेन्ट गर्नुहोस !