शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

कृषि अनुदानका योजना कार्यान्वयनमा ढिलाई


ट्याक्टर दुरुपयोग, नर्सरी निमार्ण अलपत्र र शित भण्डारण निमार्ण भएन
प्युठान, १७ मंसिर ।
प्युठानमा ५ नंम्बर प्रदेश सरकारले कृषि क्षेत्रमा दिएको अनुदानका कार्यक्रमहरु दुरुपयोग भएको पाईएको छ । प्रदेश सरकारले अनुदानमा जोत्नका लागि दिईएको ट्याक्टर दुरुपयोग भएको छ । प्युठान नगरपालिका–७ मा अवस्थित विजुवार महिला साना किसान कृषि सहकारी संस्थालाई दिईएको ट्याक्टर दुरुपयोग भएको हो । प्रदेश सरकारले जोत्नका लागि २७ लाख ५० हजार रुपिँयामा खरिद गरेका ट्याक्टर जोत्नुको अलवा ढुङगा, गिट्टी, बालुवा लगाएत नदिजन्य पदार्थ ढुवानी गरेको छ । गत असारमा ट्याक्टर खरिद गरिएकोे सहकारीकी अध्यक्ष गीता जि.एम.ले बताईन् । असारमा खरिद गरेपनि मंसीर २० गतेदेखी काम सुरु गरेको उनको भनाई छ । सुरुमा एक हप्ता जौत्यौ, उनले भनिन,–‘ सहकारीमा आवद्ध सदस्यहरुको जोतेर सकेपछि अरु काम गर्न थालिएको हो । ’ प्रदेश सरकारले नै ट्रली र जोत्ने हलो छुट्टै दिएको उनले बताईन् । जोत्ने काम सकिएपछि सदस्यहरु भित्रकै काममा गिट्टी, बालुवा, ढुंगाहरु बोकेको उनले बताईन् । मासिक खानबस्न सहित १५ हजार रुपिँया दिई चालक राखेका छौँ,उनले भनिन,–‘खाली बसालेर चालकलाई मासिक तलब तिर्न नसक्ने अवस्था आएपछि अरु काममा लगाएका हौँ ।’

जोत्न दिएको ट्याक्टरमा ट्रली राखेर ढुवानी ।
सहकारीमा प्युठान नगरपालिका ४ र वडा नं ७ का गरि करिब नौ सय सदस्यहरु आवद्ध छन् । विजुवार क्षेत्रकाले ट्याक्टर प्रयोग गर्नुभएको छैन् वडा नं ७ का सदस्यहरुले मात्रै ट्याक्टर प्रयोग गरेको उनले बताईन् । ट्राली सहित प्रदेश सरकारले ट्याक्टर दिएपछि हामीहरुले अरु काममा लगाएको उनले बताईन् । एक ट्रिपको एक हजार तीन सय रुपिँया लिएर ढुवानीको काम गरेको अध्यक्ष जिएमले बताईन् । वर्षभर जोत्ने ठाउँ छैन्, उनले भनिन,–‘जोत्ने बाहेक अरु काम नलगाउने हो भने हामीहरुले चालकलाई पाल्न सक्दैनौ ।’ यसरी चलाउन सरकारले नदिने भए अनुदानको ट्याक्टर नचलाउने उनले बताईन् ।
माण्डवीमा बृहत नर्सरी निर्माणमा ढिलाई

निर्माणाधिन बृहत नर्सरी  !
प्रदेश सरकारले माण्डवी गाउँपालिका वडा नम्बर तीनमा बृहत नर्सरी निर्माणका लागि १३ लाख ७१ हजार अनुदान रकम दियो । तर अहिलेसम्म नर्सरी निर्माण भएको छैन् । गाउँपालिका र प्रदेश सरकारको समन्वयमा नर्सरी निर्माण गर्न सुरु गरिएपनि सम्पन्न गर्न ढिलाई भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिशिर रिजालले जानकारी दिए । नर्सरी निर्माणमा हाँलसम्म २८ लाख खर्च भईसकेको र अझै करिव २० लाख खर्च लाग्ने रिजालले बताए । निर्माण कार्य जारी छ उनले भने,–‘आर्थिक वर्षको अन्तिम सम्ममा काम सक्छौँ ।’ काम नसकिदा अझै विरुवा उत्पादन हुन नसकेको उनको भनाई छ । नर्सरी र एउटा भवन निमार्णको निर्माण गरिएको उनले बताए । नर्सरी वरीपरि ५० वटा आँपका विरुवा लगाएकोमा चार वटा भन्दा वढी नबाचेको उनले बताए । अनुगमन समुहले काममा ढिलाई भएका कारण समयमै काम सम्पन्न गर्न सुझाव दिएको छ ।
शित भण्डारको काम सुरु भएन
माण्डवी गाउँपालिका – ३ देविस्थान मा निर्माण हुने भनिएको शित भण्डारको काम अझै सुरु भएको छैन् । १० टन क्षमता भएको उक्त भण्डारणको लागि प्रदेश सरकारको एक करोड २ लाख र गाउँपालिकाको २६ लाख बजेट विनियोजन भएको छ । देविस्थानमा रहेकोे चार रोपनि जग्गामा निमार्णको कार्य केहि समयमा सुरु हुने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । आर्थिक वर्षको अन्तसम्ममा निर्माण कार्य सकिने उनको भनाई छ ।

स्मार्ट कृषिका काम गर्न बाकी
प्युठान नगरपालिका ९ स्थित मरन्ठानामा स्मार्ट कृषि कार्यक्रमका लागि प्रदेश सरकारबाट ५० लाख रुपिँया अनुदान पायो । गत वर्ष ५२ वटा प्लाष्टिक टनेल, चार वटा पोखरी निमार्ण, ५० वटा भकारो सुधार, ५० वटा कम्पोष्ट खाडल निमार्ण मल, १५ वटा विरुवा निमार्ण, कृषक तालिम, कृषक भ्रमण लगाएतका कामहरु भएको कार्यक्रम संयोजक दिपेन्द्र केसीले बताए । छोटो समयमा कार्यक्रम भएका कारण र सबै किसानले धान मकै रोपेका कारण सोचेजति प्रभावकारी हुन नसकेको उनले बताए । एउटै बस्तिमा ५०, ५२ वटा टनेल लगाउने निणर्य भएका कारण पहाडि भेग र भुगोलका कारण यो सम्भव हुन अलि समस्या भएको बताए । निमार्ण र पुर्वाधार लगाएतमा गरेर जम्मा ४७ लाख ७ हजार लागत लागेको उनले बताए । काम शुरुवात भएको दुई महिनामै अनुगमन भएका कारण प्रभावकारी नदेखिएको काममा पूर्णता नभएको उनले बताए । अझै केहि काम गर्न बाकी रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top