
प्युठान,१३ मंसीर ।
प्युठानमा पनि राष्ट्रिय जनमोर्चाले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई चुनावमा सहयोग गर्ने भएको छ । पार्टीको केन्द्रिय नीति अनुसार जिल्लाका नेता कार्यकर्ताले नेकपालाई सहयोग गर्ने भएका हुन् । विहिवार राष्ट्रिय जनमोर्चा ५ नंम्बर प्रदेश अध्यक्ष एंव प्युठान जिल्ला ईन्चार्ज बोमबहादुर खत्रीले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का जिल्ला अध्यक्ष तुल्सीराम शर्मालाई फोन गरि आफुहरुले ऐरावती १ दाङवाङ र प्युठान नगरपालिका २ क्वाडीमा राजमोले नेकपाका उमेद्वारलाई मतदान गर्ने बताएका थिए । राजमोका नेताहरुले चुनावी स्थलहरुमा पुगेर आफ्ना नेता, कार्यकर्ताहरुलाई केन्द्रको सहमती इमान्दारीका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । नेकपा प्युठानले सहमती उलंघन गरेपनि राजमोले नेकपाका उमेद्वारलाई नै मतदान गर्न आग्रह गरेको हो ।
ऐरावती गाउँपालिका १ र प्युठान नगरपालिका २ मा राजमोका उमेद्वार नहुँदा मत कता जाने भन्ने अन्यौलता थियो तर राजमोका ५ नं प्रदेश अध्यक्षले नेकपाका नेतालाई सहयोग गर्ने भनेपछि अब नेकपाका उमेद्वारलाई सहज बनेको छ । दुबै वडामा पहिलो पार्टी नेकपालाई राजमोले सहयोग गरेपछि आफ्नो जीत सुनिश्चित रहेको ऐरावती १ दाङवाङ नेकपाका उमेद्वार द्रोणप्रसाद पाण्डेले बताए ।
दाङवाङमा नेकपाका उमेद्वार पाण्डेलाई जिताउन राजमोका नेता रमेश थापाको नेतृत्वमा चुनावी प्रचारप्रसारमा लागेको बताईएको छ । त्यस्तै प्युठान नगरपालिका २ दाखाक्वाडीमा समेत राजमोका नेता, कार्यकर्ता नेकपाका उमेदवार मुक्ती पोखरेलको चुनावी प्रचार प्रसारमा हिडेका छन् । प्युठानका ऐरावती गाउँपालिका १ र २ र प्युठान नगरपालिका २ मा भोली उपनिर्वाचन हुदै छ ।
कमेन्ट गर्नुहोस !