शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

माण्डवीमा नेकपाको पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न ,काग्रेसका क्षेत्रीय कोषाध्यक्ष सहित दुई सय ५४ जना नेकपामा प्रवेश


प्युठान,९ मंसीर ।
नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) माण्डवी गाउँपालिका संगठन कमिटीको आयोजनामा सोमबार पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अधिकारी (रोशन) को अध्यक्षता, नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का केन्द्रिय उपाध्यक्ष एंव संगठन विभाग प्रमुख बामदेव गौतम, नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) स्थायी कमिटी सदस्य मणी थापा लगाएत विभिन्न पार्टीका नेताको उपस्थितीमा कार्यक्रम गरिएको हो ।
काग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

तस्बिर ः नेकपामा प्रवेश गरेका नेपाली काग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष मदन खड्का ।

कार्यक्रममा नेपाली काग्रेस, राष्ट्रिय जनमोर्चा र राप्रपा पार्टी परित्याग गरि दुई सय ५४ जना नेपाल कम्युनिष्ट्र पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का केन्द्रिय उपाध्यक्ष एंव संगठन विभाग प्रमुख बामदेव गौतम, नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) स्थायी कमिटी सदस्य मणी थापाले नवप्रवेशीलाई टिका माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । नेपाली काग्रेसका क्षेत्र नं १ का क्षेत्रीय कोषाध्यक्ष मदन खड्का नेकपामा प्रवेश गरेका छन् । लामो समयदेखी नेपाली काग्रेसमा आवद्ध खड्का नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । उनी संगै माण्डवी गाउँपालिका – वडा नंम्बर तीनका सभापती डोरबहादुर पुन, काग्रेस अन्र्तगतको नेपाल दलीत संघ प्युठानका उपाध्यक्ष प्रेमबहादुर नेपाली, गत स्थानिय तहको निर्वाचनमा वडा नंम्बर ५ मा वडा सदस्य उठेकी निमा रोका सहित काग्रेसका एक सय ७८ जना नेकपामा प्रवेश गरेको नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) प्युठानका प्रचार विभाग प्रमुख ईमानसिंह भारतीले जानकारी दिए ।
त्यस्तै शहिद मित्रमणी आचार्यका दाजु टोपाराम आचार्य राष्ट्रिय जनमोर्चा परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । उनी संगै राजमोका रोमबहादुर केसी, भोजबहादुर केसी, तुलबहादुर पुन लगाएत ६५ जना नेकपामा प्रवेश गरेको प्रचार विभाग प्रमुख भारतीले जानकारी दिए । भारतीले बताए अनुसार राप्रपाका ११ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

राजमो परित्याग गरि नेकपामा प्रवेश गरेका टोपाराम आचार्य ।

माडी क्षेत्रलाई समृद्ध बनाउने छौँ ः गौतम


पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का केन्द्रिय उपाध्यक्ष एंव संगठन विभाग प्रमुख गौतमले माडी क्षेत्रलाई समृद्ध बनाउने बताए । चाल्नेटार विमानस्थल, भिग्रीमा बस्ती विकास संगै नमुना शहर निर्माण, स्वर्गद्धारीमा केवलकार, रोजगारी सिर्जना जस्ता महत्वपूर्ण कामहरु गरि यस क्षेत्रलाई समृद्ध बनाउने उनले बताए । त्यस्तै गौतमले सोमबार विहान दाखाक्वाडीमा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा यस क्षेत्रमा रहेको खानेपानीको समस्या एक बर्ष भित्र समाधान हुने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top