मङ्लबार, साउन ५, २०८३ | Tuesday 21st July 2026

आँखा शिविरमा ८६ जना मोतिबिन्दुका विरामीको शल्यक्रिया


राधिका भुसाल
प्यूठान । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालमा ८६ जना मोतिविन्दुका विरामीको निशुल्क शल्यक्रिया भएको छ ।
विजुवारमा दुइ दिनसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा २ सय ४९ जनाले आँखाको परिक्षण गरेका थिए । नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठान र रण अम्विका शाह आखा अस्पताल भैरहवाको संयूक्त आयोजनामा सञ्चालन भएको शिविरमा डाक फाउन्डेसनको प्राविधिक सहयोग समेत रहेको आयोजकले जानकारी दिएको छ । शिविरमा प्यूठान जिल्लाका विभिन्न ठाउँमा साथै अर्घाखाची, गुल्मी र रोल्पा विरामी समेत आँखा जाँच गर्न आएको प्रस्ताविक नरेन्द्र गायत्री आँखा उपचार केन्द्रका सञ्चालक हिमालय श्रेष्ठले बताए । बुधबार र विहिबार सञ्चालन भएको शिविरमा डा.विनिता भट्टराई र क्लिनिक इन्चार्ज सुजाता भण्डारी, नेत्र शाही, दुर्गा राना लगायतको टोलीले विरामीको चेकजाँच गरेका थिए ।
‘मोतिविन्दु चोटपटक, उमेर अवस्था र रेडियशनका कारण हुने गर्छ ।’ क्लिनिक इन्चार्ज सुजाता भण्डारीले भनिन–‘पहिले भन्दा जिल्लामा मोतिविन्दुका विरामी बढि देखिएका छन् ।’ आखा मानव जीवनको महत्व पुर्ण अंग भएकोले आखाको विशेष हेरविचार गर्नु पर्नु पर्ने उनले बताइन । शिविरमा शल्यक्रिया गरेका विरामीका लागि खाने वस्नेको व्यबस्थापन जग्गा दाता स्वर्गिय नरेन्द्र राजको धर्मपत्नी गायत्री देवी श्रेष्ठको परिवारले व्यहोर्ने गर्दछन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top