शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

भारत विरुद्ध अखिल नेपाल युवक संघ र अखिल छैठौको विरोध


प्युठान,२५ कार्तिक ।
सिमा अतिक्रमको विषयलाई लियर अखिल नेपाल युवक संघ र अखिल छैठौ प्युठानले विरोध जनायको छ । सोमबार सदरमुकाम खलगा देखि विजुवार सम्म मोटरसाईकल ¥याली गरि विरोध गरेका हुन । ¥याली संगै बाग्दुला र मित्रमणिचोकमा बिरोध सभा गरियको छ। सभालाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकाले भुमि रक्षा गर्न सवै एकजुट भयर लाग्नु पर्ने बताए । भारतले आफ्नो साम्राज्यवाद कायम गर्दै नेपाली भुमि अतिक्रमण गर्नु कुनै हालतमा सैय छैन उनले भने,–‘ नेपाली भुमि रक्षाका लागि सवै नेपाली यकजुट हुन आवश्यक छ ।’
भारतले सहज तरिकाले भुमि फिर्ता नगरे प्रतिकारका लागि सवै युवा तयार रहन उनको आग्रह थियो । आन्तरिक मामिला जे भय पनि वैदेशिक हस्तक्षेपका बिरुद्द सवै दलका युबा र कार्यकर्ता एकजुट भई राष्टियताको रक्षामा जुटन आवश्यक रहेको उनले बताए । कार्यक्रमा अखिल छैठौका अध्यक्ष चोप बहादुर विकले राज्य तहबाट सिमा अतिक्रमको विषयलाई गम्भिरता पुर्वक लियर फिर्ता गराउनु पर्ने बताए । सिमा अतिक्रम कुनै सानो विषय होईन् । राष्टियताको पक्षमा सरकारले उचित कदम चाल्नु आवश्यक रहेको उनले बताए ।
बिरोध सभामा सहभागी युवा विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’ , ‘कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय सेना फिर्ता गर, जाली नक्सा खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा ‘गो व्याक इन्डिया’ को नारा लगाइएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top