
२० कात्तिक । राधिका भुसाल
प्यूठान । उप निर्वाचनको मिति नजिकिदै गर्दा प्यूठानका दुइ स्थानिय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
यहि मंसिर १४ गते हुने उप निर्वाचको लागि प्यूठान नगरपालिका दुइ दाखाक्वाडी मुख्य निर्वाचन अधिकृतको कार्यालय र ऐरावती २ बरौलामा निर्वाचन अधिकृतको कार्यालय आज (बुधबार) उद्घाटन गरिएको होे ।
मंसिर १४ मा हुने उप निर्वाचनमा प्यूठान नगरपालिकाको वडा नं. २ मा अध्यक्ष पदका लागी निर्वाचन हुने भए पछि कार्यालय सञ्चालन गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस विष्णु प्रसाद गौतमले बताउनु भयो । निर्वाचन मिति निजिकिदै गर्दा निर्वाचन कार्य सम्पादनका लागी कार्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । कार्यालय सञ्चालनका लागि सबै कुराको व्यवस्थापन गरी कार्य सम्पादन अगाडि बढाएको गौतमको भनाइ छ । ऐरावती गाउँ पालिका वडा नं. १ दाङवाङ र २ बरौलामा अध्यक्ष पदको लागि निर्वाचन हुनेछ निर्वाचन अधिकृत इन्द्रदेव भारतीले जानकारी दिनुभयो । दुइ वटा स्थानिय तह गरी जिल्लामा १२ वटा मतदान केन्द्र रहने छन भने ८ वटा मतदान स्थल रहने स्रोतले जानकारी दिएको छ ।
निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !