शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ईन्टरनेटले ल्यायो नयाँ पन, हराउँदै हुलाक सेवा


सागर रिजाल
प्युठान, १८ कार्तिक ।
कुनै समय इमेल इन्टरनेट नयाँ कुरा थियो । आफनो भावना व्यक्त गर्न होस या सुचना आदान प्रदान गर्न होस हुलाक सेवाको विकल्प नै थिएन् । सबैले हुलाक सेवा नै प्रयोग गर्नुपथ्यो त्यो समयमा । तर अहिले समयले धेरै फड्को मारेको छ । इमेल इन्टरनेटको सुविधा गाउँ तहसम्म पुग्न सफल भएको छ । जसले गर्दा हुलाक सेवाको आर्कषण घट्दै गएको छ ।
हात हातमा मोवाइल र इन्टरनेटबाट सजिलै सूचना आदान प्रदान गर्न सकिने भएकाले हुलाक सेवा पाउँने संख्यामा कमि आएको छ । हुलाकबाट सुचना गर्नु परे महिनौ दिन लाग्ने भएको र मोवाईल तथा इन्टरनेटबाट तुरुन्तै सुचना गर्न मिल्ने भएकाले पनि हुलाक सेवामा कमि आएको जिल्ला हुलाक कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय प्युठानमा पहिलेको तुलनामा चिठिपत्र कम आउन थालेका छन् । ब्यक्ति तथा संघ संस्थाले इेमेल, इन्टरनेट, फ्याक्स लगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठिपत्र कम आउन थालेका हुन । हाँल दिन प्रतिदिन चिठिपत्र आउने संख्या घट्दै गएको हुलाक कार्यालय प्युठानका सुचना अधिकारी कुलप्रसाद डांगीले जानकारी दिए । पहिले हुलाक मार्फत ब्यक्तिगत चिठिपत्र बढि आउने गरेपनि हाँल ब्यक्तिगत चिठिहरु भन्दा वढि संस्थागत चिठिपत्र कार्यालयमा आउने गरेको उनले बताए ।
हुलाक कार्यालय प्युठानमा ५० देखि ७० सम्म दैनिक चिठिपत्र आउने गरेका छन् । हाल हुलाक कार्यालय प्युठानले चिठिपत्र दर्ता, टिकट विक्रि, हुलाक बैङ्क सेवा, धनादेश सेवा, पाँच सय वाट क्षमताका एफ.एम रेडियोहरु नविकरण, रोयल्टि, केवल टेलिभिजन नेटवर्कहरुको नविकरण, तथा रोयल्टि वुझने लगाएतका काम जिल्ला हुलाक कार्यालय मार्फत हुदै आएको उनले बताए । अहिले प्युठान जिल्लाभरि एक सय ६८ जना कर्मचारी हुलाक कार्यालयमा कार्यरत रहेका छन । जिल्लामा एक जना नायव शुब्बा, दुई जना खरीदार, २१ जना करार कर्मचारी, एक सय १३ अतिmरिक्त कर्मचारी, आठ जना हल्कारा, हुलाकी २३ जना जिल्ला हुलाकमा कार्यरत रहेको सुचना अधिकारी डांगीले बताएका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ मा हुलाक कार्यालय प्युठानमा आठ लाख, ३४ हजार ८ सय १० राजश्व संकलन गर्न सफल भएको छ । हुलाक शेवा तथा टिकट विक्रिवाट जिल्लामा ६ लाख ७४ हजार १ सय ३३ र अन्यमा एक लाख ६० हजार ६ सय ७७ राजश्व उठ्न सफल भएको हो । अहिले जिल्लामा स्थानिय स्तरका चिठीपत्र भन्दा सरकारी कार्यालय र बैदेसिक रोजगारमा गएका मानिसको जिल्लामा चिठीपत्र आउने गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top