शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ट्राफिक प्रहरीको नयाँ कदम, सवारी दुर्घटना न्युनिकरणका लागि रिफ्लेटिभ स्टिकर टासँ


सागर रिजाल
प्युठान, १५ कार्तिक ।

जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले रिफलेटिभ (स्टिकर) सवारी साधनमा टास्दै आएको छ । यो स्टिकरले रातको समयमा प्रकाश दिने भएकाले रातको समयमा पार्किङ तथा गुडिरहेको गाडिलाई अन्य गाडिले सजिलै देख्न सकिने र दुर्घटना नहोस भन्ने उदेश्यले यो स्टिकर टासेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका ट्राफिक प्रमुख केदार सुवेदीले जानकारी दिए । अहिलेसम्म करिब ४५ वटा सवारी साधनमा रिफलेटिभ स्टिकर टासेको जनाईएको छ । दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले जिल्लाको बाग्दुला, मच्छी, र्दभान, भिंगी, विजुवार, चकचके लगाएतका स्थानमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यस्तै दुर्घटना कमि ल्याउनका लागि सडक सभ्यता सम्बन्धी कार्यक्रम गर्दै आएको कार्यालयले जनाएको छ । ‘हामा्रे चाहाना, शुरक्षित यात्राको शुभकामना’ भन्ने नारा सहित यो कार्यक्रम छठपर्व सम्म सञ्चालन गर्ने योजना बनाएको ट्राफिक प्रमुख सुवेदीले बताए । यसैगरी चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएको छ । यात्रुलाई यात्राका क्रममा कुनै पनि समस्या नहोस भन्ने उदेश्यले उक्त कक्ष स्थापना गरेको उनले बताए ।
सवारीसाधन दैनिक चेकजाँच
ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँहरुमा मापसे गरेर सवारी साधन चलाएको, लाइसेन्स भए नभएको बारेमा दैनिकजसो चेकजाचँ गर्दै आएको जनाईएको छ । चालक सहचालकलाई पनि यात्रुमैत्री व्यवहार कसरी गर्ने भन्ने विषयमा जिल्लाका बाग्दुला, मच्छी, दर्भान, भिंगी, विजुवार, चकचके लगायतका ठाउँमा दुई मिनेट प्रशिक्षणको कार्यक्रम समेत गर्दै आएको छ । साथै कार्यालयले दुर्घटना न्युनिकरणका लागि जिल्लामा करीव १५ सय प्रचा पम्पलेट समेत वितरण गरिसकेको छ । दुर्घटना न्युनिकरणका लागि प्रहरीले विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ ।

२३ सवारी दुर्घटना, एकको मृत्यु ३५ घाईते
दशै घट्स्थापना देखि शुक्रवार सम्म प्युठानमा साना ठुला सवारी साधन गरेर २३ वटा सवारी साधन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका ट्राफिक प्रमुख सुवेदीले जानकारी दिए । जसमा ३५ जना घाईते भएका थिए भने झिमरुक गाउँपालिका –४ वाङ्गेफेदी निवासी नौ वर्षिय बालिका सिर्जना रोकाको बसले ठक्कर दिदा मृत्यु भएको थियो ।
२३ जना सवारी चालक मापसे कारबाहीमा
दसैँ तिहारको अवधिमा जिल्लामा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २३ जना चालक कारबाहीमा परेका छन् । दुई सय ७५ सवारी साधन चेकजाचँ गर्दा २३ जना चालक कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ । चाडपर्वको समयमा दुर्घटना नियन्त्रणका लागि मापसे चेकिङमा कडाइ गर्दा चालक कार्वाहीमा परेको जनाइएको छ । जसमा मोटरसाईकल चालक २० जना, जिप कार दुई, ट्रक चालक एक जना कार्वाहीमा परेका थिए । कार्वाहीमा परेकाहरुबाट जिल्लामा २३ हजार राजश्व उठेको जनाईएको छ ।

जिल्ला छाड्ने वढे
दशै तिहार मानेर जिल्ला फर्कनेको संख्यामा वृद्धि भएको छ । तिहारको भोलीपल्ट देखी दैनिक यात्रुहरु केन्द्रिय राजधानी सहित देश वाहिर जानेको संख्यामा वृद्धि भएको ट्राफिक कार्यालयले जनाएको छ । प्युठानमा यो भन्दा पहिले तीन वटा बस काठमाण्डौ जाने गर्थे भने यो समयमा दैनिक सात वटा बस काठमाण्डौ गएको कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top