शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जिल्ला बाहिरकाले नगरभित्र मौरी चराउन नपाईने सहमती


सागर रिजाल
प्युठान,९ कार्तिक ।
प्युठान नगरपालिका क्षेत्रमा जिल्ला बाहिरबाट आई मौरी चराउन नपाईने भएको छ । नगरपालिका भित्रका मौरी पालक किसानहरु र जिल्ला बाहिरबाट मौरी चराउन आएका किसान बिच विवाध समाधानका लागि बसेको छलफलले यहाँ ल्याईएका मौरीलाई हटाउने निर्णय गरेको हो । नगरपालिकाका बालि संरक्षण अधिकृत चेत बहादुर विष्ट, मौरी पालक महासंघ प्युठान शाखा अध्यक्ष विष्णुबहादुर सारु , मौरी पालक महासंघ प्युठान नगरपालिका शाखा अध्यक्ष रामचन्द्र सुवेदी , मौरी पालक केन्द्रिय सहकारी संघका सदस्य डिमराज पोख्रेल र नेपाल मौरीपालक महासंघ पूर्व महासचिव हेमबहादुर देवकोटाको सयुक्त छलफलपछि उक्त निर्णय भएको हो ।
छलफलले नगरपालिका क्षेत्रमा जिल्ला बाहिरबाट मौरी चरन गर्न ल्याउदा चरन क्षेत्र अपुग हुने देखीएकाले जिल्ला बाहिरबाट आएका मौरी कृषकहरुले यहि कार्तिक मसान्त भित्रमा यस नगरपालिकाबाट मौरी अनेत्र लैजाने सहमती भएको निर्णय गरिएको नगरपालिकाका बालि संरक्षण अधिकृत चेत बहादुर विष्टले जानकारी दिए । यदि कार्तिक मसान्तसम्म नहटाए प्रक्रिया अनुसार आवश्यक कार्वाही समेत गरेन सहमती भएको उनले बताए ।
छलफलले आगामी वर्षहरुमा जिल्ला बाहिरबाट यस नगरपालिकामा मौरी चरनका लागि आउँदा जिल्ला महासंघ, नगरपालिका स्तरिय मौरी पालक महासंघ, स्थानिय कृषकहरु र नगरपालिकाको सहमतिमा मात्र चरनक्षेत्रको आवश्यक प्राविधिक अध्ययन पश्चात जिल्ला बाहिरका मौरी कृषकहरु चरनका लागि आउन सक्ने सहमति भएको नगरपालिकाका बालि संरक्षण अधिकृत विष्टले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top