शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

निर्माण व्यवसायी संगठन प्युठानको संयोजकमा केसी


सागर रिजाल
प्युठान,८ कार्तिक ।
नेपाल निर्माण व्यवसायी संगठन प्युठानको तदर्थ समिति संयोजकमा दिपेन्द्र केसी चयन हुनुभएको छ । संगठनको प्रथम भेलाले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको सहसंयोजकमा शिशिर थापा,गोविन्द्र कार्की, सचिवमा केशु गिरी , बलबहादुर केसी, कोषाध्यक्ष विषेक थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश श्रेष्ठ, मिलन केसी, कमल श्रेष्ठ, हिरालाल गिरी, तालबहादुर जिसी, रेगम कवर, लकमान पुन, असिम न्यौपाने चयन हुनुभएको छ । त्यस्तै लाल बहादुर जिसी र जनक केसी आमन्त्रीत सदस्यमा चयन भएको निर्माण व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभयो ।
पूर्व एमाले र पूर्व माओवादी एकता भईसकेपछि ५ नंम्बर प्रदेश अन्र्तगत प्युठान जिल्लामा पहिलो कार्यक्रम गरि तदर्थ समिति गठन गरिएको हो । निर्माण व्यवसायी दिपेन्द्र केसीको अध्यक्षता तथा ५ नंम्बर प्रदेश सभा सदस्य कृष्णध्वज खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीका अध्यक्ष तुल्सीराम शर्माको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा निर्माण व्यवसायी संगठनका केन्द्रिय सदस्य तथा ५ नंम्बर प्रदेश ईन्चार्ज पुण्यप्रसाद पौडेल, नेकपा जिल्ला सचिव कृष्ण अधिकारी(प्रकाश) संगठन कमिटीका केन्द्रिय सदस्य तथा ५ नंम्बर प्रदेश सहईन्चार्ज मन्जु भुसाल, जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा,लगाएत विभिन्न स्थानिय तहका जनप्रतिनीधि, विद्यार्थी नेता, युवा व्यवसायी लगाएतको उपस्थिती रहेको थियो ।


भेलामा नेपाली काग्रेसमा आवद्ध दुई युवा व्यवसायी नेकपामा प्रवेश गर्नुभएको छ । प्रवेश गर्नेमा प्युठान नगरपालिका १० सारिवाङका बसन्त पराजुली र ऐरावती गाउँपालिका २ बरौलाका लालबहादुर जिसी नेकपा संवद्ध संगठन नेपाल निर्माण व्यवसायी संगठनमा प्रवेश गर्नुभएको हो । त्यस्तै भेलामा संस्थापक व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

युवा नेता लाल बहादुर जिसी नेकपामा प्रवेश गर्दा  !!

भरपर्दो शक्ति निर्माण व्यवसायीहरुमा
तदर्थ समिति गठन तथा एकिकृत भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का केन्द्रिय सदस्य, जिल्ला ईन्चार्ज तथा ५ नंम्बर प्रदेश सभा सदस्य खड्काले शक्ति, संख्या र प्रभावका हिसाबले निर्माण व्यवसायीको संगठन महत्वपूर्ण हुने बताउनुभयो । सरकारले समृद्धि र विकासको नारा अगाडी वढाईरहेका अवस्थामा प्युठानका निर्माण व्यवसायीहरुले पनि यी नारालाई आत्मसात गर्दै अगी वढनुपर्नेमा उहाँले जोड दिनुभयो । सुखी नेपाली, समृद्ध नेपाल सरकारको लक्ष्य हो, खड्काले भन्नुभयो,–‘सोही अनुसार निर्माण व्यवसायीहरु अगाडी वढनुहोस । ’ त्यस्तै खड्काले निर्माण व्यवसायी संगठनले पार्टीको नीति नियममा टेकेर आफ्ना कार्यक्रमहरु अगाडी वढाउन निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top