
सागर रिजाल
प्युठान,६ कार्तिक ।
नेपाल कम्युनिष्ट्र पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय महासचिव मोहन वैद्य(किरण) ले उपनिर्वाचनमा भाग नलिने बताएका छन् । वुधवार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले प्युठानको जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपनिर्वाचनलाई वहिष्कार गर्ने बताएका हुन् । विभिन्न निर्वाचनमा भाग लियपनि यो समयमा सरकारको बदनाम भएकोले आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताए । अहिलेको सरकारले देश र जनाताका निम्ती काम गरेको छैन, बदनाम भएको छ , महासचिव वैद्यले भने,–‘ गतल क्रियाकलापको विरोध गर्ने उदेश्यले हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ जनताको समस्या समाधान गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको समेत उनले बताए । उपनिर्वाचनको समयमा पार्टीले देश र जनताका हितका कार्यक्रमहरु अगाडी वढाउने उनले बताए । उपनिर्वाचनका समयमा संगठन विस्तार, कार्यकर्ता भेटघाटका कार्यक्रमहरु अगाडी वढाउने समेत उनले बताए । किरणले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप समेत लगाए । त्यस्तै उनले अहिलेको सरकारले जनभावना अनुसार काम नगरेको समेत आरोप लगाए ।
विप्लपलाई सुधार्नपर्छ ।
विप्लपले पछिल्लो समयमा गरेका आन्दोलनहरु सही नभएको महासचिव वैद्यले बताए । विप्लव जीले सहि कामहरु गर्नुभएको छैन,उनले भन,े –‘रहस्यमय कार्यदिशा बनाएर युद्धमा गएर केही काम छैन ।’ विप्लवले एकीकृत जनक्रान्ती शब्द राम्रो राखेपनि शब्द अनुसारको संघर्ष नभएको भन्दै शसस्त्र संघर्ष नगरेको बताए । नेत्र विक्रम चन्द (विप्लव) त्यो तरीकाले अगाडि बढ्नु राम्रो नभएको समेत बताए ।
‘बन्दुक नबोकी क्रान्ति हुदैन बैद्यले भने–‘ कुन समयमा कसरी प्रस्तुत हुने भन्ने कुरा ख्याल गर्नु पर्छ ।’
यो समयमा विप्लप पार्टीलाई प्रतिबन्ध लगाउन नहुनेमा उनले जोड दिए । प्रतिबन्ध भन्दा पनि समस्याको समाधान तर्फ लाग्नुपर्छ, उनले भने,–‘ विप्लप जी लाई वार्तामा बोलाएर सरसल्लाह गर्नुपर्छ ।’ गलत ढंगले अगाडी वढेको विप्लपलाई सुधार्नुपर्न उनले बताए ।
प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति सकियो
१० वर्षे सशस्त्र जनयुद्धको बेला एउटै धारमा उभिएर जनयुद्ध सफल पारेका नेताहरु अहिले फरक फरक ठाउँमा किन त ? भन्ने पत्रकारहरुको प्रश्नमा बैद्यले प्रचण्ड विश्वास छैन, बाबुरामको राजनीति असश्भव छ, अब बाबुराम सकिएको तर्क गरे । तत्कालिन समयको कुशल सहकार्यलाई स्मरण गर्दै प्रचण्ड र बाबुरामले नै पुराना सबै कुरा बिर्सेको बताए । यी दुवै नेतामा कम्युनिष्ट्रको सिद्धान्त सकिएको बताए ।
निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना कार्य अगाडि बनाउनु पर्नेमा उनले जोड दिए । जनताको आवश्यकता तथा अन्य कुनै पनि कुरामा सरकार गम्भिर नभएको आरोप लगाए । सरकारले विप्लवलाई प्रतिबन्द लगाउनु पनि गलत काम भएको स्पष्ट पार्दै उनले हामी सबै जनयुद्ध गरेको आएको हो, पछिल्लो समय सरकारको धरपकड अत्यन्तै बढ्दै गएको छ त्यसो गर्नु राम्रो नभएको बताए ।

साहित्य परिषदको कार्यक्रमलाई सम्बोधन गर्ने
लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य परिषद प्युठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन वैद्य प्युठान आएको बताए । बुधवार उनी साहित्य परिषदको कार्यक्रममा सहभागी हुने र अरु पार्टी कार्यकर्ता भेटघाट समेत गर्ने बताए ।
कमेन्ट गर्नुहोस !