शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

गरिमा जातको धानले नफल्दा किसान चिन्तीत


सागर रिजाल
प्युठान,३ कार्तिक ।
सरुमारानी गाउँपालिका–२ रत्ने गाउँका जीतबहादुर गुरुङले गत असार २२ गते आफ्नो खेतमा धान रोप्नुभयो । अगिल्ला बर्षहरुमा गोरखनाथ जातको धान रोपेका गुरुङले यो वर्ष गरिमा जातको धान रोप्नुभयो । तर यो वर्ष रोपेकोे धानले अहिलेसम्म बाला हालेको छैन् । दुई रोपनी खेतमा लगाएको धानले अहिलेसम्म बाला नहालेको उहाँले बताउनुभयो । गोरखनाथ धानको बिउ लिन एग्रोभेट गएको थिए, गुरुङले भन्नुभयो,–‘एग्रोभेट सञ्चालकले गरिमा धान राम्रो फल्छ भनेर भन्नुभयो भयो तर अहिलेसम्म धानले बाला हालेको छैन् । ’ आफुभन्दा पछि छिमेकीले अर्को जातको धान पाकिसक्दा समेत आफुले लगाएको गरिमा जातको धानले ढग्दा आफु चिन्तीत भएको उहाँले बताउनुभयो । अगिल्लो वर्ष ११ मुरी धान उत्पादन गरेको खेतमा अहिले धान नहुँदा उनी समस्यामा छन् । मल, पानी सबै हाले तर बाला हाल्ने समय हुँदा समेत बाला नहालेको उहाँले बताउनुभयो ।
हरियो धान हेरेर बसेका छौँ ः किसान परिवार


गत भदौँ महिनादेखी डोलीएको धान अहिलेसम्म समेत बाला नहाल्दा गुरुङ परिवार चिन्तामा छन् । सात जना सदस्य रहेका गुरुङ परिवारमा अगिल्ला वर्षहरुमा अन्य जातको धानबाट पाँच महिना खान पुगेपनि यो वर्ष धान नफलेपछि १२ महिनानै बेसाएर खानुपर्ने बाध्यता रहने उहाँले बताउनुभयो । यो समयमा तरकारी लगाउने गरेपनि यो वर्ष हरियो धान हेरेरै दिनहरु बितेको गुरुङले बताउनुभयो ।
त्यस्तै सरुमारानी गाउँपालिका– १ झिलीवाङका तकबहादुर राउतले गत साउन १४ गते ६ केजी धान रोप्नुभयो । तर उहाँको अवस्था पनि उस्तै भयो । दर्भान र झिलीवाङ गरि दुई स्थानमा रहेका खेतमा रोपेको गरिमा जातको धानले अहिलेसम्म बाला हालेको छैन् । अगिल्ला वर्षहरुमा २० मुरी धान उत्पादन हुने उक्त खेतमा अहिले धान नफल्दा राउत परिवार दुखी बनेका छन् । सात जनाको परिवार छ, राउतले भन्नुभयो,–‘छ महिना खान पुग्थ्यो तर यो वर्ष सबै बेसाएर खानुपर्यो ।’ अहिले सम्म धान नफल्दा आश समेत मरेको राउत बताउनुहुन्छ ।
एग्रोभेटमा धान नफलेको गुनासो
गुरुङ र राउत प्रतिनीधि मुलक पात्र मात्र हुन् । सरुमारानी गाउँपालिका –२ दर्भानमा रहेको बिरेन्द्र एग्रोभेटबाट गरिमा जातको धानको बिउ लिएका किसानहरुले धान नफलेको गुनासो गरेका छन् । हाँलसम्म एग्रोभेटमा सात जनाले धानले बाला नहालेको गुनासो गरेको एग्रोभेट सञ्चालक सन्दीप बेल्बासेले बताउनुभयो । किसानहरुको गुनासो वढेसंगै सञ्चालक बेल्वासेले आफुले खरिद गरेको लालीगुरास एग्रोभेट लमहीलाई जानकारी गराएको बताउनुभयो । बिरेन्द्र एग्रोभेटबाट प्युठान संगै छिमेकी जिल्ला अर्घाखाँचीका किसानहरुले समेत गरि करिब डेढ क्वीन्टल धानको बिउ लगेका थिए । धान नफलेको गुनासोहरु वढेको समेत उहाँले बताउनुभयो ।
वडा र कृषि शाखामा जानकारी
आईतबार जिल्ला स्थित मानवअधिकारकर्मी पार्वता आचार्य, गैसस अध्यक्ष नेत्रमणी आचार्य, हरप्लेस कार्यक्रम संयोजक टेक राना, पत्रकार महासंघ प्युठान शाखाका सचिव विजयसिंह भारती लगाएतको समुहले उक्त क्षेत्रमा गई अनुगमन गरेको थियो । अनुगमनका क्रममा धान नफलेको गुनासो किसानहरुले गरेका थिए । अनुगमन पश्चात सरुमारानी गाउँपालिका वडा नंम्बर २ का वडा अध्यक्ष बसन्त जिसी र कृषि शाखा प्रतिनीधि चम्पा पाण्डेलाई यस विषयमा जानकारी गराएको हरप्लेस कार्यक्रम संयोजक रानाले बताउनुभयो । हामीहरुले जनताका गुनासा तथा समस्यालाई पहिल्याउने र सम्बन्धीत निकायसम्म पु¥याउने काम गर्दै आएका छौँ, रानाले वडाअध्यक्षलाई भन्नुभयो,–‘किसानहरुलाई सहयोग गर्ने कुरामा एग्रोभेट संग समन्वय गरिदिनुहोला ।’
यस विषयमा वडा अध्यक्ष जिसीले आफुसंग यी गुनासाहरु अझै नआएको बताउनुभयो । अनुगमन समुहले धान नफलेको भेटाएपछि आफु किसानहरुलाई सोध्न जाने र किसानहरुलाई राहत पाउँने प्रक्रियाहरु अगाडी वढाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top