शुक्रबार, बैशाख १८, २०८३ | Friday 1st May 2026

ऐरावती कपको उपाधी गौमुखी र बरौलालाई


सागर रिजाल
प्युठान ।
सामाजिक एकता, दिगो विकासमा सबैको प्रतिवद्धता भन्ने नारालाई सार्थक पार्नका लागि जिल्ला स्तरीय ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ । ऐरावती बुङ्गस क्लब ढावाङका अध्यक्ष पदम थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता एवं वडा नम्बर पाचँका अध्यक्ष चन्द्र बहादुर रोका मगर र वडा नम्बर छ का वडा अध्यक्ष चन्द्र बहादुर राणा मगरको विशिष्ट आतिथ्यतामा कप तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा असोज २७ गते आईतबारदेखी ऐरावती कप तथा सांस्कृतिक सञ्चालन भएको थियो । जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कर्यक्रममा विभिन्न प्रतियोगिता सम्पन्न भएका छन । जसमा पुरुष भलिवल प्रतियोगितामा गौमुखी गाउँपालिकाका खेलाडि विजेता बनेका छन । उनीहरुले ५५ हजार पाँच सय ५५ नगद पुरुस्कार र ट्रफि ,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने ऐरावती गाउँपालिका तिन जावुनेका खेलाडि उपविजेता बनेका छन । उपविजेताले ३३ हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै महिला भलिवल प्रतियोगितामा एरावती (ए) विजेता भएका छन् । उनिहरुले २२ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता एरावती (वि)ले ११ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । भलिवल प्रतियोगितातर्फ बेस्ट पेलर आकाश गिरी बनेका छन

यसैगरी क्रिकेट प्रतियोगितामा ऐरावती दुई बरौलाका खेलाडी विजेता बनेका छन उनिहरुले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता ऐरावती दुई टिकुरीका खेलाडीले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । सेभेन स्टार बरौलाका खेलाडी दुर्गेश थापा क्रिकेटतर्फ बेस्ट पेलर बनेका छन् । यस्तै स्लो वाईक प्रतियोगितामा नविन नेपाली विजेता बनेका छन । उनले तीन हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता चन्द्र गुरुङले दुई हजार दुई सय २२ रुपिँया , ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन ।

महिला कुर्ची दौड प्रतियोगितामा मिना सामत विजेता भएकी छिन उनले दुई हजार दुई सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरकी छिन भने उपविजेता करिस्मा जिसीले १ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष पदम थापाले जानकारी दिएका छन । ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम समापन कपको उपाधि गौमुखी र बरौलालाई प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता तथा उप विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख आचार्यले ट्रफि मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापाले बताएका छन । उनले यो कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थालाई धन्यवाद समेत व्यक्त गरेका छन ।

यसैविच हिजो शनिवार सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष पशुपति शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकार कामना ओली, सम्झना लामिछाने, करिष्मा ढकाल, कमल नारायणी, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समीक्षा ओली लगायतका कालाकारहरुले आ आफनो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top