शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

१० वर्षिय बालिका मृगौला पिडीत आर्थिक नहुँदा उपचारमा समस्या


प्युठान,२९ असोज ।
प्युठान नगरपालिका– १० वडरा कि १० वर्षिय बालिका मिना कुमाल मृगौला पिडीत बन्नुभएको छ । उहाँ जन्मेको दुई वर्ष देखि नै बिरामी पर्नुभएको हो । निम्न वर्गिय पारिवारिक स्थिती रहेको मिनाको दिनप्रतिदिनको उपचारले परिवारलाई आर्थिक संकट पर्दै गएको छ ।
जन्मेको २८ महिनाबाट बिरामी परेकी छोरीलाई अहिले सम्म त बचाउन सफल भएको मिनाका बुबा डल्लु कुमालले बताउनुभयो । साहुले पत्याउन छोडिसके, हामी बुढाबुढिले ज्याला मजदुरी गरेको पैसाले उपचार गर्न पुग्दैन , उहाँले भन्नुभयो,–‘ आर्थिक नहुँदा उपचारमा समस्या हुदैँ गएको छ । ’ सुरुमा जिल्ला अस्पताल केही दिन भर्ना गरेको बिगत सुनाउदै बुटवलको आम्दा अस्पताल देखि अहिले काठमाण्डौको कान्ती बाल हस्पिटलमा उपचार गराइरहेको बताउनुभयो । ‘उपचार गर्न थालेको पनि ८ वर्ष भइसकेछ । आमा विस्नी कुमालले भन्नुभयो,–‘अहिले सम्मको उपचार खर्च करिब १४ लाख पुगिसक्यो ।’ आफु भोक भोकै बसेर भएपनि आफुहरु दुइजनाले छोरीको उपचार खर्च जुटाउन दिनरात नभनी बारी बोक्ने, ढुंगा बोग्ने जस्ता ज्यालादारी काम गर्दै आएको उहाँले बताउनुभयो । आफ्नो जग्गा जमिन नभएको समेत उहाँले गुनासो पोख्नुभयो । जग्गा नमिनको नाउमा २ सुर्के बारी छ । विस्नीले भन्नुहुन्छ,–‘काम गरेको पैसाले खर्चपर्च किनेर सग्ला छोरा छोरीलाई पाल्नु कि यो बिरामी छोरीको उपचार गर्नु ? आफ्नो जमिनमा उत्पादन भएको अन्नले १ महिना समेत खान पुग्दैन ।’

आर्थिक स्थिती कमजोर
दुई छोरा र दुई छोरी गरी चार सन्तानका बुबा आमा बनेका कुमाल दम्पतीको आर्थिक स्थिती निकै कमजोर रहेको पारिवारिक जानकार हुतराज अधिकारले बताउनुभयो । सुरुदेखि नै उनीहरुको चालचलन बुझेको बताउँदै आफुले सक्दो सहयोग गर्दै आएको समेत अधिकारीले बताउनुभयो । ‘यी दम्पतीको छोरीप्रतिको माया अचम्म लाग्दो छ, अधिकारीले भन्नुभयो,–‘पारिवारिक आर्थिक अवस्था कमजोर भएकी बालिकालाई बचाउनको लागि सबैले सक्दो सहयोग गर्नु पर्छ ।’ सबै छोरा छोरी सानै भएकोले यी दम्पतीले एउटी छोरीको जेनतेन उपचार खर्च बाहेक पढाई लेखाइ खर्च समेत जुटाउन नसकेको उहाँको भनाइ छ ।
दाहिने मृगौलामा समस्या देखि पछि आँठ वर्ष यता उपचार गराउदै आएकी मिनाले नेरा प्राथमिक विद्यालय टाकुरा चौरमा कक्षा ३ मा भर्ना भएपनि पढाइलाई निरन्तरता दिन सक्नुभएको छैन् । आफ्नो दम्पती महिनै पिच्छे काठमाण्डौ लैजानु पर्ने र हप्ता १० दिन वस्नु पर्ने भएकोले यता ज्याला मजदुरी त रोकियो नै त्यसमाथि उपचार खर्च र खाने बस्ने खर्च नहुँदा झन समस्या बढ्दै गएको दम्पती बताउँछन् । डाक्टरको सल्लाह अनुसार बालिका मिनाको उपचारमा १–२ दिन मात्रै ढिलो गरेपछि शरिर सुन्निने, बोल्न नसक्ने, दिमागले काम नगर्ने, खाना नखाने र भित्र बाहिर गर्न समेत नसक्ने अवस्था व्यहोर्नु पर्ने उनीहको भनाई छ । दम्पतीले आफ्नी छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top