
मधुसुदन पोख्रेल
प्युठान,२४ असोज । . प्युठानको मुटु भनेर प्यूठान नगरपालिकालाई चिनिएको छ वजार केन्द्रीत विकासले नगरपालिका भित्र पर्ने गा्रमिण क्षेत्रमा विकासका कार्यहरु ओझेलमा परेको देखिन्छ । ग्रमिण क्षेत्रवाट वजारमा झर्ने मानिसका लागि सडक गतिलो नहुदा यात्रामा समस्या परेको यात्रुहरु बताउछन । नगरपालिका ग्रामिण भित्रका सडक अस्तव्यस्त हुदा यात्रामा समस्या भएको यात्रुहरुको गुनासो छ । प्यूठान नगरपालिकाका दुर्गममा पर्ने वडाहरु माझकोट जुम्रीकाडाका विभिन्न गाउहरुमा सडक संजालत जोडिएको छ तर ति सडकहरुमा निरन्तर गाडि चल्ने स्थीति छैन ।
प्यूठान नगरपालिका वडा नम्वर ६ माझकोटमा धेरै ठाउँवाट सडक विस्तार गरिय पनि दिगो रुपमा गाडिचल्ने सडक छैन । टिकुरी हुदै माझकोट,विजुवार टारी हुदै माझकोट,खप्रेङखोला हुदै माझकोट,दम्दती हुदै माझकोट,ढुगेंठाटि हुदै माझकोट र अधेरी हुदै माझकोट सडक संजालले जोडिएता पनि निरन्तर गाडि चल्दैनन । धेरै ठाउँहरु बाट शडक शंजाल ले जोडिए पनि टिकाउ सडक भने कुनै ठाउँमा छैन । शडकमा लगानी धेरै रहे पनी टिकाउसडक कतै नहँुदा यात्रामा समस्या भएको गाडि चालकहरु बताउछन ।
हिउदमा जनतन जवरजस्त रुममा गाडि चलाए पनि वर्खामा यस्ता सडकहरु वन्द हुन्छन । सडक विस्तार गर्ने क्रममा मापदण्ड विनै नालि विनाको वाटो खन्दा वर्खामा पानिले वाटो विगार्दा सवारी साधन नचलेको देखिन्छ ।
नगर पालिका भित्रका सडक विस्तारमा सम्वन्धीत निकायले चासो नदिएको सामाजिक अगुवा वताउछन । गाउकमा चल्ने पिकप जिपमा दैनीक ४० देखी ५० जना झुन्डियर यात्रा गरेको देखीन्छ । सडक सागुरो घुम्ती साना र यत्रुको चाप वढी भएकोले यात्रामा कठिनाई भएको गाडि चालक रिख वहादुर सुनारले बताउनु भयो । धेरै ठाउवाट वाटो खन्न भन्दा एक ठाउको वाटो मर्मत गरे यात्रामा सहज हुने सुनारको भनाई छ ।
वाटोको समस्याले यात्रा जोखिमको भएको सामाजिक अगुवा डोर वहादुर पुन ले बताउनु भयो । उहाले भन्नु भयो “ धेरै ठाउँवाट सडकले त छोएको छ तर कुनै पनि ठाउमा गतिलो वाटो भएन” । नगरपालिका भनेर त घोषणा गरियो तर नगरपालिकाको कुनै मापदण्ड नभएको उहाको भनाई छ । सडक विग्रीएको ठाउमा पिकव जिप त वल्ल वल्ल चल्छ तैपनि गाडिवालाले क्षेमता भन्दा धेरै यात्रु राखेर महगंो भाडा लिने गरेको पुनले वताउनु भयो । कहिले काँहित जिवको छतमा पनि बस्ने ठाउँ हुदैन पुनले भन्नु भयो सडक मर्मत र महगंो भाडादर मा सम्वन्धति निकाएले चासो समेत नदिएको उहाको भनाई छ ।
सडक मर्ममतको लागि टेन्डर आवाहन गरी काम सुरुगरेको प्यूठान नगरपालिका ६ का वडा अध्यक्ष कमान सिहं पुनले वताउनु भयो । यात्रुको चाप धेरै छ तर प्रतिस प्रर्दा गर्ने गाडिधनी नहुनाले पनि भाडादर महंगो भएको उहाको भनाईछ । यो विषयलाई विभिन्न निकाय संग छलफल गरि सवारी चल्ने वातावरण मिलाउने र भडामा एकरुपता ल्याउने पुनले वताउनु भयो ।
कमेन्ट गर्नुहोस !