
प्युठान,२४ असोज ।
६४ औँ प्रहरी दिवश शुक्रबार जिल्ला प्रहरी कार्यालय प्यूठानले विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारी जिल्लाका विभिन्न प्रहरी कार्यालय ईकाईहरुको लागि निःशुल्क जग्गा दान गर्ने जग्गा दाताहरुलाई प्रमुख अतिथी बाट कदरपत्र द्वारा सम्मान, अमर प्रहरीका परिवार तथा सन्ततीहरू र पुर्व प्रहरी कर्मचारीहरु संग पुनर्मिलन कार्यक्रम गरिएको थियो ।
६४ औँ प्रहरी दिवसको अवसरमा सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारी, मृतक प्रहरीका परिवार तथा सन्ततीहरु, सञ्चारकर्मिहरु, नागरिक समाज बुद्धिजिवीहरुको उपस्थितीमा रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथी प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद पन्थ रहेका थिए ।
कमेन्ट गर्नुहोस !