
प्युठान,१४ असोज ।
सरुमारानी गाउँपालिका –४ बड्डाडामा दशै विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली मौलिकताको प्रर्वद्धन गरौ, विभेद रहित समाजको निर्माणमा अघि बढौ भन्ने मुल नाराका साथ सचेतनाका लागि मेचिकाली सांस्कृतिक यात्रा २०७६ अन्र्तगत दशै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
नेचुरल इन्टरटेमेन्ट बागवजार काठमाण्डौको आयोजना र सरुमारानी गाउँपालिकाको समन्वयमा सांस्कृतिक कार्यक्रम गरिएको हो । सांस्कृतिक कार्यक्रममा मन्तव्य राख्दै झग बहादुर विश्वकर्र्माले पुराना लोक परम्परा हराउँदै जाँदा लोक सस्कृतिलाई जोगाइ राख्नको लागि दशै विशेष साकृतिक कार्यक्रमले सचेतना जगाउने बताउनुभयो । यस्ता कार्यक्रमले सरुमारानी गाउँपालिकाको स्थानीय खाद्यान्न उत्पादन पहिचानको चिनारीलाई चिनाउनको लागि पनि प्रचार प्रसारमा सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै गाउँपालिका अध्यक्ष विश्वकर्माले दशैको अवसरमा देखासिकी नगरी मौलिक रुपमै चाडवाड मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारले कला प्रस्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस !