
पदम बहादुर केसी
प्युठान ।
प्यूठान महिला सामुदायिक लघुवित बित्तिय संस्था लि. बाहाने शाखाका जुनियर अफिसर एंव शाखा प्रमुख मधुसुधन थापाले संस्थाको तर्फबाट नौ बहिनी गा. पा. वडा नं. ६ लुङ स्थित आफ्नो संस्थामा आबद्व महिला समुहका सदस्य एवम हकवालाहरुलाई संस्थाको नियम अनुसार पाउनु पर्ने दुर्घटना विमा, कर्जा लगेको रकमको ३०प्रतिशत कृया खर्च र आकस्मित घरमा आगलागी भएकालाई राहत प्रदान गरेका छन् ।
नौ बहिनी गा. पा. वडा नं. ६ लुङ निवासी ६४ वर्षिय स्यानी वि. क. को गत श्रावण २३ गतेका दिन आकस्मिक भएको मृत आत्मा प्रती श्रदाञ्जली व्यक्त गर्दै थापाले नीजका श्रीमान जुक्त बहादुर सुनारलाई कर्जा लगेको रु ४० हजार रुपैया मिनाह गरी कर्जा बराबरको ४० हजार बिमाको रकम र ३० प्रतिशत का दरले पाउनु पर्ने किरिया खर्च १२ हजार गरी जम्मा रु बाउन्न हजार रुपैया नगद राशी मृतकको घरमै गई हस्तान्त्रण गरेका हुन् । साथै त्यसै समूहका अर्की सदस्य बिना सुनारको घरमा भएको आगलागी प्रति दुःख प्रकट गर्दै राहत स्वरुप रु पाँच हजार बिनी सुनारलाई समेत सहयोग प्रदान गरेका छन् ।
प्यूठान जिल्लाकै सबै भन्दा पुरानो र विश्वासिलो यस बितिय संस्थाले दुर्गम ग्रामिण क्षेत्रमा घर घरमा पुगेर छिटो छरितो र राम्रो सेवा प्रदान गर्दै आयको छ । यतिमात्रै नभएर महिला स– शक्तिकरण र महिलाहरुलाई व्यावसाहिक बन्न प्रोत्साहन गर्दै आयको संस्थाले बिभिन्न विद्यालयमा पुगेर अनाथ, असहाय, अपा¨ र जेहनदार छात्र छात्राहरुलाई नगद राशी र स्टेसनरिका सामान वितरण गर्ने चोक चोकमा विभिन्न कार्यक्रम गरी जनचेतना जगाउने र सचेत बनाउने उदेश्यले विभिन्न सरोकारवाला संग सहकार्य र समन्वय समेत गर्दै आएको थापाले बताए ।
कमेन्ट गर्नुहोस !