शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

समुदाय प्रहरी साझेदारी कार्यक्रम, घरदैलोमै पुगी जनगुनासो सुन्दै प्रहरी


सागर रिजाल
प्युठान ।
प्युठानमा प्रहरीले जनताको गुनासो सुन्न घर घरमा पुग्ने क्रम वढेको छ । सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय नागरिक भएको बताउदै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनताको घरदैलोमा पुगेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी जनताको घरदैलोमा सन्देशमुलक जनचेतनामुलक जागरण अभियानका साथ प्युठान प्रहरी नागरिकको घरदैलोमा पुगिरहेको छ ।
प्रहरीको समूह जिल्लाका नौ वटा स्थानिय तहमा गएर जनताहरु भेटेका छन् । जनताहरुलाई भेटी मानव बेचबिखन सम्बन्धी , आत्महत्या सम्बन्धी, डेंगु रोकथाम सम्बन्धी सचेतना गराएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । त्यस्तै प्रहरीले घरेलु मदिरा नियन्त्रण सम्बन्धी कार्यक्रम , सुरक्षा विशेष परिचय तथा अन्र्तक्रियात्मक कार्यक्रम समेत जिल्लाका केहि क्षेत्रमा गरेको उहाँले बताउनुभयो ।
अवैध गाँजा नष्ट
समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत लागू औषध सेवन तथा ओसारपसार बिरुद्ध अभियान स्वरुप प्युठान नगरपालिका वडा नंम्बर ७ टिकुरीको पक्की तथा कच्ची मोटर बाटोको सडक खण्ड वरिपरी र सार्वजनिक जग्गामा उम्रिएको गाँजा फडानी गरिएको छ । अस्थायी प्रहरी पोष्ट बाग्दुलाका प्रहरी सहायक निरिक्षक मोहन खत्रीको नेतृत्व संगै वडा सदस्य नगेन्द्र प्रसाद पौडेल , स्थानिय जनप्रतिनिधीको सहयोगमा दुई सय वटा गाजाँको बोट फडानी गरिएको हो । माण्डवी गाउँपालिका –२ तिरामको कच्ची सड्क खण्ड वरिपरी तथा सार्वजनिक जग्गामा उम्रिएको करिब एक सय ५० वटा गाँजाको बोटबिरुवा नष्ट गरिएको छ । प्रहरी चौकी तिराम, वडाका जनप्रतिनीधि, स्थानियको सहयोगमा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ
त्यस्तै ओखरकोट, दाङवाङ, बरौलामा समेत गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जनता र प्रहरीको सम्बन्ध नजिक बनाउन यो अभियान
सर्वसाधरण जनता र प्रहरीबिचमा संबन्ध विकास गर्नका लागि प्युठानी प्रहरीले यो अभियान अगाडी वढाएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । साथै सामाजिक अपराधको नियन्त्रण गरि सुरक्षित समाजको निर्माणमा समाजका सदस्यहरुको ,स्थानिय निकायको,विद्यायालयहरुको भुमिकाका सम्बन्धमा वोध गराउन समेत यो कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएको उहाँले बताउनुभयो । सुरक्षामा खलल पर्ने तत्वहरु तथा अपराध र अपराधीका सम्वन्धमा सुचना प्राप्त गर्ने वातावरणको निर्माण गर्न समेत यो अभियानले सहयोग पु¥याृने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।
यी अभियानहरु जिल्लामा सञ्चालन भएसंगै जनता र प्रहरी बीचको सम्बन्ध निकट भएको सुचना अधिकारी जिसीले बताउनुभयो ।उहाँले भन्नुभयो,–‘अभियानले गर्दा असमाजिक गतिविधीहरुका वारेमा वा कुनै घटनाका वारेमा प्रहरीलाई तत्काल सुचना प्राप्त हुन थालेको छ ।’ अपराधिक मनसाय भएका ब्यक्तिहरुमा डर त्रासको उत्पति देखिन समेत थालेको उहाँले बताउनुभयो ।
के भन्छन् त जनताहरु ?
कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न स्थानमा पुगेका प्रहरी समुहसंग जनताहरुले आफ्ना गुनासाहरु पोख्न समेत थालेका छन् । प्रहरी युनिटहरुमा प्रहरीको संख्या थपिनु पर्ने र सवारी साधनको व्यवस्थापन हुनुपर्ने ,भुगोलका कारण भनेको समयमा सेवा उपलब्ध हुन सकेन श्रोत र साधनको व्यवस्था हुनुपर्ने ,समाजिक अपराधहरु न्युनिकरणका लागी मेहनत वढाउनुपर्ने सुझाव स्थानियले राख्ने गरेको सूचना अधिकारी जिसीले बताउनुभयो ।
त्यस्तै लागु औषधका विरुद्द अझ सक्रिय कार्यक्रमहरु संचालन हुनुपर्ने, सवारी चालकहरुमा सवारी सचेतना नदेखीएको, स्कुल भएको ठाउँमा, वजारमा वढी गतिमा सवारी चलाउने गरेकाले यस सम्बन्धमा सचेत गराउनु पर्ने, जथाभावी सवारी साधन रोक्न नदिने व्यवस्था मिलाउनु पर्ने, घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा नियन्त्रण गर्नु पर्ने ,स्थानिय स्तरका भेटेनरी, कृषी आदी कार्यालयहरुवाट आसातित काम हुन नसकेको र प्रहरी युनिटको स्तर वृद्धि तथा प्रहरी चौकी र प्रहरी बिटको स्थापना गरिनु पर्ने लगाएतका सुझावहरु जनताबाट आउन थालेको सुचना अधिकारी जिसीले बताउनुभयो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम हाँल देशका ७७ वटै जिल्लाबाट सञ्चालन भएको छ । यो साझेदारी समिति जिल्ला स्तरिय समिति, पालिका, वडा, टोल र विद्यायालय स्तरमा निर्माण गरिदैछ् । समितीको संयोजकमा स्थानिय तहको प्रमुख रहने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जनप्रतिनीधि र स्थानियको उपस्थितीमा कार्यक्रम गरिएको सुचना अधिकारी जिसीले जानकारी दिनुभयो ।

शान्ती सुरक्षालाई मजबुत बनाउने योजना छ ः कार्की
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्दकुमार कार्कीले जिल्लामा प्रहरी जनशक्तिको अधिकतम परिचालन गरी शान्ति सुरक्षाको स्थितिलाई मजबुद वनाउन योजनाका साथ आफु अगाडी वढेको बताउनुभयो । प्रहरीलाई नागरिक मैत्री वातावरण सिर्जना गर्ने, कुनैपनि अपराधका विरुद्ध कठोर कदम चाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ योजनावद्ध र व्यवस्थित रुपमा प्रहरी परिचालन गरी सर्वसाधरणलाई सुरक्षाको प्रत्याभुति दिने छु ।’
हाँल सञ्चालनमा रहेको समुदाय–प्रहरी साझेदारी मार्फत सर्वसाधरणहरुसंग अन्तरक्रिया र सचेतनाका कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्राप्त सुझाव र गुनासाहरुको संवोधन हुने गरी प्रहरी परिचालन गरिने छ ।’ सर्वसाधरणमा हाम्रो प्रहरी भन्ने भावना जगाउने गरी प्रहरी परिचालन गर्ने, समुदाय– प्रहरी साझेदारीता मार्फत समन्वय र सहकार्य गर्दै नराम्रा कामका विरुद्ध सुचना प्राप्त हुने अवस्थाको श्रृजना गर्ने र व्यवस्थित रुपमा ट्राफिकको परिचालन गरी सवारी दुर्घटनामा न्युनिकरण गरिने प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top