
सागर रिजाल
प्युठान,३ असोज ।
ऐरावती गाउँपालिका बरौला प्युठानले पनि संविधान दिवस मनाएको छ । संविधान दिवसका अवसरमा विहिवार दिपप्रज्वलन गरिएको थियो भने शुक्रवार विहान गाउँपालिकादेखी बरौला बजारसम्म प्रभातफेरी गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले प्रभातफेरी संगै संविधान दिवसको कार्यान्वयनका विषयमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल प्रमुख तथा प्रतिनीधि, कर्मचारी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनीधि, शिक्षक, विद्यार्थी, सुरक्षा निकाय लगाएतको उपस्थितीमा कार्यक्रम शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

दिवसको शुभकामना कार्यक्रमको स्वागत मन्तव्य तथा विषय प्रवेश गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले गराएका थिए । विषय प्रवेश गराउदैँ उनले संवैधानिक ईतिहासका बारेमा जानकारी गराएका थिए । पहिलेका संविधानहरु आयोग समिती अन्र्तगत बनेपनि ०७२ सालमा बनेको संविधान जनताबाट बनाएको संविधान भएको उनले बताए । स्थानिय तहको व्यवस्था र स्थानिय तहलाई अधिकार दिएको संविधान यहि भएको समेत उनले बताए । नेपाल सरकारले स्थानियतहमा पनि संविधान दिवस व्यापक रुपमा मनाउने निर्देशन अनुसार ऐरावती गाउँपालिकामा पनि मनाईएको उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य टिका बहादुर गुरुङ, नेपाली काग्रेसका ऐरावती गाउँपालिका सभापती नारायण ज्ञवाली, वडा नंम्बर १ का वडा अध्यक्ष केशवराज आचार्य, वडा नंम्बर ३ का वडा अध्यक्ष भुपेन्द्रबहादुर आले, वडा नंम्बर ५ का वडा अध्यक्ष चन्द्र बहादुर रोका मगर, निरन्तर सिकाई अध्ययन केन्द्रको तर्फबाट ओम प्रकाश श्रेष्ठ, शिक्षक महासंघ गाउँपालिका अध्यक्ष दुर्गा बहादुर जिसी लगाएतले संविधान दिवसको बारेमा शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले संविधान भनेको राज्यका लागि मुल दस्तावेज हो । त्यसैले संविधानलाई देशको सवोच्च कानुनी मान्यता दिनुपर्ने बताए । अहिलेको संविधानको मुख्य गुदी कुरा संघीयता, धर्म निरपेक्षता, नागरिकका लागि मौलिक हक, लोक कल्याणकारी व्यवस्था, राज्यको निर्देशक सिद्धान्त, स्थानिय तहमा प्राकृतिक साधनको संरक्षण र उपभोग गर्ने अधिकार, स्थानिय तहलाई न्यायीक अधिकार, अल्पसंख्यक, सिमान्तकृत वर्ग, दलित, महिलालाई राजनीतिक पहुँचमा सुनिश्चितता यी धेरै कुराहरु संविधानमा समेटिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताए । साथसाथै नेपालको संविधानले समाजवादको ढोका खोलेको छ । यसर्थमा पनि नेपालको संविधानलाई संसारकै उत्कृष्ट्र संविधानका रुपमा लिन सकिने उनले बताए ।
अर्को कुरा संविधान भनेको कुनै वाईवल, पुराण र रामायण जस्तो पनि होईन जसमा कुनै कुरा थप्न नमिल्ने, पुराणमा कुनै कुरा थपियो भने त्यसलाई अपवित्र मानिन्छ तर संविधान भनेको गतीशिल दस्तावेज भएको गाउँपालिका उपाध्यक्ष बस्नेत बताए । उनले भने,–‘संविधानमा राम्रो कुरा थप्न सकिन्छ ।’ तसर्थ पनि अहिले नै यो संविधान मान्दैन भनेर कुनै राजनीतिक पक्षहरु तडपिन जरुरी छैन् उनले भने ।

कमेन्ट गर्नुहोस !