शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्रमाण नपुगेको भन्दै अध्यक्ष गिरी माथिको बहुबिवाह मुद्धा खारेज


२९ भदौ । राधिका भुसाल
प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरी माथि लागेको बहुविवाहको आरोप जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले खारेज गरिदिएको छ ।
आज आईतबार जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्धाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।
जिल्ला अदालत समक्ष मुद्धा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए । ‘अहिलेको प्रमाणबाट मुद्धा चलाउने आधार देखिएन’ आचार्यले भने,’– मुद्धाको अन्तिम किनारा लागेको छैन ।’
पुष्टी हुन नसक्ने आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् । ढिलै भए पनि मुद्धा खारेज भएकाले सामाजिक क्षति पुर्ति हुने उनले विश्वास व्यक्त गरे ।
उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्यूठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
गत भदौं १० गते श्रीमति सिता के.सी.ले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन । फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा उनले उजुरी दिएकी थिइन् ।
हिरासतबाट मुक्त भए पश्चात् अध्यक्ष गिरीले सहानुभुती राख्ने सवैलाई धन्याबाद दिएका छन् ।
बहुविवाह नगरेको र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने भन्दै अध्यक्ष गिरी १५ भदौंमा प्रहरी समक्ष स्वंयम उपस्थित भएका थिए ।
अनुसन्धानकै नसकिएपछि प्रहरीले गिरीलाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो । गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । गिरीले आफु माथि लगाएका आरोपहरूको खण्डन गर्दै आफूले बहुबिबाह नगरेको दाबी गरेका थिए । बहुविवाहको मुद्दा कपोलकल्पित भएको बताउदै गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका थिए । गौमुखी गाउँपालिका–४ पूजा निवासी बिष्णु कुमार गिरी र स्थानिय सिता केसीसँग २०५५ साल चैत्र १७ गते प्रेम विवाह गरेका थिए । गिरीका श्रीमती र दुई छोरी छन् । तर, पारिवारिक बेमेलका कारण बिहे गरेको १२ बर्ष अर्थात २०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थालेका पारिवारिक स्रोतले जनाएको छ । श्रीमती सीता र दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् । ९ बर्षसम्म अलग्गै बसे पनि उनीहरु कागजी रुपमा अलग भएका छैनन् ।
अध्यक्ष गिरी नेपाली कांग्रेस प्युठानका सचिव समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top