शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पालिका अध्यक्षबाट राजीनामा दिन महिलाहरुको माग


 

प्युठान,२७ भदौँ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले परस्त्रीसंग अवैध सम्वन्ध राखेको भन्दै गौमुखी गाउँपालिकाका महिलाहरुले ज्ञापन पत्र बुझाएका छन् । शुक्रवार ज्ञानुमाया केसीको नेतृत्वमा रहेका १३ जना महिलाहरुले यस्ता अवैध सम्बन्ध कायम राख्ने अध्यक्षको पदबाट राजनीमा दिई गौमुखीका जनतासंग माफी माग्नुपर्ने कुराको माग राख्दै जिल्ला समन्वय समिति मार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौलाई बुझाएका हुन् ।
ज्ञापन पत्रमा विभिन्न माध्यमबाट देख्नमा र सुन्नमा आएका दुई जनाको नग्न तस्बिरहरु, मन्दिरमा खिचिएका तस्बिरमा सिन्दुर, पोते र चुराले रंगिएका फोटा, म्याजेन्जर च्याटमा भएका कुराहरु र प्रयोग भएका शब्दहरु(वुढा वुढी छोरा जन्माउने विषय आदी) अन्त्यन्तै घिन लाग्दा र आपत्तिजनक कुराहरुमाथि गम्भिरतापूर्वक छानविन हुनुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा लेखिएको छ,–‘ विष्णु गिरी सामान्य मान्छे नभई जनताबाट निर्वाचित भई गठन भएको स्थानिय सरकार प्रमुख हुन् । ’ उनीबाट गौमुखीका जनताको ईच्छा, आकंक्षा, र मर्यादा अभिव्यक्त हुनुपर्छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
श्रीमती र छोरीहरुप्रतिमाथि धोकाघडी,षडयन्त्र, जालझेल मात्र होईन मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक, उत्पीडन भएको छ । हामी त्यसप्रति खेद व्यक्त गर्दै भर्सन ागर्न चाहान्छौँ । निर्वाचित सरकार र सार्वजनिक पदको मर्यादा ,सम्मान र जनविश्वासका लागि हामी सरकारको गभ्रि ध्यानाकर्षण चाहान्छौँ । ज्ञापन पत्रमा उल्लेख छ । हामीलाई लाग्दछ अनैतिक काम गर्नेलाई १ मिनेटपनि कुर्चीमा बस्ने अधिकार रहदैन् । गौमुखीका महिलाहरुले अध्यक्षको कारवाही प्रक्रिया अगाडी वढाउन समेत सरकारलाई आग्रह गरेका छन् ।
गिरीले छोडपत्र नदिई दोस्रो बिवाह गरेको भन्दै श्रीमती सिताकेसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा भदौ १० गते हुलाक मार्फत जाहेरी दर्ता गराएपछि गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा पुग्नुभएको छ । गत आईतबार दिउसो गाउँपालिका अध्यक्ष गिरी प्रहरीको सम्पर्कमा आएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘घटनाको अनुसन्धान चलिरहेको छ ।’ बुधवार अनुसन्धानका लागि पाँच दिन थप गरिएको कार्कीले बताउनुभयो । २०५७ सालमा प्रेम बिवाह गरेका उनिहरु केही समय अघिदेखि छुटट्ै बसेका थिए । श्रीमती सिता प्युठान नगरपालिका ४ विजुवारमा दुई छोरी सहित कोठा लिएर बस्नुभएको छ ।
गाउँपालिका अध्यक्ष गिरीले आफुले दोस्रो विहे नगरेको बताउनुभएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक जीवन र नीजि जीवन फरक पाटो हुन्, मलाई गहिरो गरी थाहा छ । उहाँले प्रेस विज्ञप्तीमा भन्नुभएको छ,–‘ यो दुवै मध्ये मेरो नीजि जीवनको पाटो सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु भन्ने लाग्छ । ’ प्रहरी कार्यालयमा परेको जाहेरीको अनुन्धानमा सहयोग गर्ने उहाँले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top