
बोमबहादुर परियार, प्युठान ।
समृद्धिका लागी परिबर्तन ,परिबर्तनका लागी सुरुवात , सुरुवातका लागी म । भन्ने मुल नाराका साथ खलंगामा कपडा संकलन केन्द्रको उद्घाटन गरिएको छ । राधाकृष्ण टोल सुधार समितिको आयोजनामा मल्लारानी गाउपालिका ४ खलंगा बसपार्कमा सनिबार उक्त केन्द्रको उद्धाटन गरिएको हो । गरिब ,निमुखा, असाहय मानिसहरुले पनि सफा र नया कपडा लगाउनुपर्छ भन्ने ध्ययका साथ पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा कपडा संकलन भैरहेको छ । सोहि अनुरुप खलंगामा पनि यो कार्यले तिब्रता पाओस भन्दै कपडा संकलन केन्द्रको स्थापना गरिएको राधाकृष्ण टोल सुधार समिति मल्लारानी गाउपालिका ४ खलंगाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाले भन्नुभयो हिजोका दिनहरुमा पुराना फाटेका च्यात्तिएका कपडा लगाएर हिड्ने मानिस आजभोलि नया सफा कपडा लगाएर बाटोमा हिड्दा चिटिक्क सजिएका छन । संकलन केन्द्र उद्घाटनकै दिन १८ जना मानिसहरुले कपडा संकलन गरेको र आबस्यक परेका मानिसहरुले जुनसुकै समयमा सम्पर्क गरि कपडा लैजान सक्ने श्रेष्ठले बताउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अथिती मल्लारानी गाउपालिकाका अध्यक्ष अमरध्वज राना र बिसेश अथिती वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठले कपडा संकलन केन्द्रलाई अझ ब्यबस्थित बनाउनको लागी पनि आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो । हरेक मानिसको लाज छोप्ने देखी लिएर ईज्जत जोगाउने भनेकै कपडा हो । गास ,कपास, बास लगायत थुप्रै अनिबार्य आबस्यकता मानिसका हुन्छन यि तिन कुराहरुलाई गाउ पालिका तथा वडाले महत्त्व दिदै सधै जनताकै पक्षमा रहि काम गर्ने जनप्रतिनिधिहरुले बताएका छन ।
कमेन्ट गर्नुहोस !