
प्यार अलि खाँन
ऐरावती गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले प्रमुख प्रमुख प्रशासकिय अधिकृतको हाँजिरिमा रोक लगाएका छन् । सामाजिक विकास मन्त्रालय सुर्खेतबाट सरुवा तथा रवाना पत्र लिई नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा मनिराम खराल ऐरावती गाँउपालिकामा आएका हुन् । सरुवा भई आएका खराल दुई दिन देखि कार्यालयमा हाजिर हुन सकेका छैनन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा साउन १७ गतेको निर्णय अनुसार नै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुनसेन वलीको महाकाली नगरपालिका दार्चुलामा सरुवा भैसकेको छ । म.ले.प.र आ.ले.प.को काममकाज नसकिएको र वलीको आधिकारिक सरुवा पत्र आफु कहाँ नआएकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत खराललाई हाँजिरीमा रोक लगाईएको गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए । “वलीको रवाना भएको छैन् ।” अध्यक्ष शाहले भने, “नयाँले हाजिर हुन पाँउ भनि निवेदन दिएका छैनन् ।”
“रवाना पत्र अध्यक्षको कार्यकक्षमा पेश गरिसेको तर उहाँले हेर्नुभएको छैन् ।” खरालले भने, “अध्यक्षले केहीदिन छलफल पश्चात् निर्णयमा पुगौला भन्नुभएको छ ।”
उता गाँउपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने नियम अनुसार रमाना पत्र लिएर आएका कर्मचारीप्रति सहज वातावरण बनाईदिने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको प्रतिक्रिया दिएका छन् । “अर्जुन सरको सरुवा पत्र हामीकहाँ आईसकेको छ ।” उपाध्यक्ष बस्नेतले भने, “निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा पालिका चल्न सक्दैन, हामी कर्मचारीका विषयमा मुछिनु उचित छैन् ।”
कमेन्ट गर्नुहोस !