शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

बाढीले भत्कायको कुलो चार वर्ष पछि निर्माण, किसानहरु खुसी


प्युठान,२३ भदौ ।
०७२ सालमा आएको वाढीले कुलो ध्वस्त पारेपछि ऐरावती गाउँपालिका ४ धुवाङ्गका किसानहरु समस्यामा परे । किसानहरुले पानी नभएपछि धान खेति गर्न छाडे । धेरै जमिन बाझो भए त कुनै कुनैमा मकै समेत रोपिय । खेत भएपनि पानी नभएपछि किसानहरुले बजारबाट चामल किनेर खान बाध्य भए । तीन वर्ष यस क्षेत्रका किसानहरु निकै समस्यामा परे । चार किलोमिटर जमिनमा निर्माणाधिन कुलो भत्किएपछि धान खेति नभएको यहाँका स्थानियहरु बताउछन् ।
चार वर्ष पछि कुलो
लामो समयदेखी किसानहरुले समस्या भोगिसकेपछि विभिन्न निकायलाई अनुरोध गरेर आर्थिक वर्ष ०७५÷०७६ मा सिँचाई कुलो निर्माण गर्न सफल भएको स्थानिय एंव पद्यमोदय माध्यामिक विद्यालयका शिक्षक पूर्ण सापकोटाले बताए । झिलिवाङ्गदेखी बाध निर्माण गरि समुद्धफाँट सिँचाई कुलो निर्माण गरिएको उनले बताए । वृहत सिँचाई कार्यालय तुल्सीपुर अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिचाई डिभीजन कार्यालय प्युठानको सयुक्त आर्थिक सहयोगमा सिँचाई कुलो निर्माण गर्न सकिएको सापकोटाले जानकारी दिए । उनका अनुसार दुई कार्यालयबाट करिब ७९ लाख रुपिँया आर्थिक सहयोग भएको थियो । स्थानियले दुई किलोमिटर कुलो पक्की गर्नुका साथै एक सय मिटर भन्दा वढी जाली सनर्माण, बाध निर्माण कार्य समेत सम्पन्न गरेको उनले बताए ।


किसानहरु खुसी
चार वर्षदेखी अलपत्र कुलो आर्थिक वर्ष ०७५÷०७६ मा निर्माण हुन सफल भएपछि ऐरावती गाउँपालिका वडा नंम्बर चार अन्र्तगतका धुवाङ्ग, कैरन र वडा नंम्बर पाँच अन्र्तगत सरङ्गबेसीका किसानहरुमा खुसीयाली छायको छ । चालु आर्थिक वर्षमा सिँचाई कुलो निर्माण भएसंगै किसानहरुले धान खेति समेत गर्न सुरु गरेका छन् । सिँचाई कुलो निर्माण संगै ९६ हेक्टर जमिनमा रहेका खेतहरु सिँचाई हुने छन् संगै करिब दुई सय ५० घरधुरी लाभान्वीत हुने उपभोक्ता समितीका अध्यक्ष रिद बहादुर रानाले जानकारी दिए ।
यस क्षेत्रका किसानहरुले थप बाध निर्माण र सिँचाई कुलोलाई पक्की गराउन थप बजेटको समेत माग गरेका छन् ।

सागर रिजालको सहयोगमा ! 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top