शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सुस्त श्रवण विद्यार्थीलाई फलफुल वितरण


सागर रिजाल
प्युठान,२१ भदौँ ।
४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारि प्युठान नगरपालिकाले नगरपालिका १ स्थित भूवनेश्वरी माध्यामिक विद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण विद्यार्थीलाई फलफुल वितरण गरेको छ । शनिवार नगरप्रमुख अर्जुन कुमार कक्षपति, वडा अध्यक्ष रमेशकुमार आचार्य, स्रोत व्यक्ति विष्णु पोख्रेल ,विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थितीमा फलफुल वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थी मध्ये २४ जना विद्यार्थीलाई फलफुल वितरण गरिएको हो । वितरण गर्दै नगरप्रमुख कक्षपतिले अगिल्ला वर्षहरुमा भन्दा नयाँ ढंगले शिक्षा दिवस मनाउन लागेको बताए । नगरक्षेत्रभित्र रहि फरक क्षमता भई पढेका विद्यार्थीलाई केहि राम्रो गरौ भन्ने उदेश्यले फलफुल वितरण गरिएको उनले बताए । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ, उनले भने,–‘शिक्षाको गुणस्तर अभिवृद्धिका लागि तीन वर्षे योजना समेत तयार पारिएको छ । ’ नगर क्षेत्रभित्र निशुल्क शिक्षा, १२ वटा विद्यालयमा आई.सि.टी कक्षा सञ्चालन समेत गरिएको उनले बताए । नगरपालिकाले नगरक्षेत्रभित्र पढाउने शिक्षकहरुको बीमा समेत गरिदिने योजना बनाएको नगरप्रमुख कक्षपतिले बताए ।


यस्तै प्युठान नगरपालिका– ८ स्थित जनता माध्यामिक विद्यालय बाग्दुलामा अध्ययनरत आठ जना बौद्धिक अंपागता भएका विद्यार्थीलाई पनि फलफुल वितरण गरिएको छ । नगर उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लिलाप केसी, सो्रत व्यक्ति सविना पण्डीत, विद्यालय व्यवस्थापन समित अध्यक्ष गेहराज शर्मा पण्डीत, प्रधानाध्यापक ईन्द्रमणी पोख्रेल लगाएतको उपस्थितीमा फलफुल वितरण गरिएको हो ।
शिक्षा दिवसको अवसर पारि आईतबार प्युठान नगरपालिकाले जिल्ला खेलकुद विकास समितिको कवर्डहल पुण्यखोलामा एक विशेष कार्यक्रमको आयोजना गरी शिक्षा दिवस मनाउने समेत जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top