शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विकासमा पछि परेको खवाङबासीको गुनासो


प्यार अलि खाँन
प्यूठानको दुर्गम गाविस भनेर चिनिने खवाङ्गबासीहरु आफुहरु विकासमा पछि परेको गुनासो गरेका छन् । ग्रामिण क्षेत्रको विकासको लागि योजनाहरु बनेता पनि योजना कार्यान्वयनमा नआउँदा आफुहरु अन्यायमा परेको उनिहरु बताउँछन् ।
उनीहरुले अधुरा विकासको योजनालाई पुर्णता दिनका लागि केही समय अघि सरोकारवालाहरुलाई ज्ञापन पत्र बुझाएका पनि थिए तर सुुनुवाई र कार्यान्वयन भने हुन नसकेको उनिहरु दुखेसो छ । सडक, विद्युत, स्वास्थ्य, संचार, शिक्षा जस्ता क्षेत्रहरुमा पुर्वाधार विकास हुन नसकेको र शुरु भएको योजना समेत बिचमै अधुरो हुुँदा आफुहरु विकासमा ठगिएको उनिहरुको गुनासो छ ।
बाहाने–स्यालिबाङ्ग–ढोरपाटन मोटरबाटो केन्द्रिय योजनामा समावेश गरि जिल्लाले प्राथमिकता दिएपनि बजेटको व्यवस्था नगरिएकोमा उनिहरुले चिन्ता व्यक्त गरे । ‘आरआईडिपिले खवाङ्गसम्म ट्रयाक खाल्ने कार्य गर्दागर्दै बन्द भयो ।’ स्थानिय रेकम पुनले भने, ‘केहि स्थानमा सडक मर्मत भएमा खवाङ्गवेशीसम्म सवारी चल्न सक्छ ।’ लाखाचौरमा निर्माणाधिन पक्की पुल सम्पन्न भएमा खबाङसम्म बाह्रैमास सवारी चल्ने वडा नं.४ का अध्यक्ष पहलसिंह घर्तिमगरले बताए ।
खवाङ्ग स्वास्थ्य चौकी निर्माणकै क्रममा करिब ७ वर्ष देखि अलपत्र हुँदा समेत सम्वन्धित निकायको ध्यान जान नसकेको वडा अध्यक्ष घर्तिमगर बताउँछन् । स्वास्थ्य चौकी र विद्यालयहरुमा तोकीएको दरबन्दी अनुसार कर्मचारीको पदपुर्ति नहुँदा स्थानियहरुले सास्ती व्यहोर्नु परेको स्थानिय मनोज पुनले बताए । जिल्लामै उत्पादन भएको विद्युत जिल्लाभर विद्युतीकरण हुँदा समेत खवाङ्गमा हालसम्म पुरा विद्युतीकरण हुन नसक्दा आफुहरु बत्तीमुनिको अध्यारो जस्तो भएको पुनको भनाई छ ।
जिल्लाभर संचार विस्तार हुँदा समेत यस क्षेत्र आसपासमा टेलिफोनका लागि घण्टांै हिड्नु पर्ने बाध्यता भोगेका उनिहरुले सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने बताउँछन् । कृषि र भेटनरी सेवा प्रदायक निकायसम्म स्थानियको पहुँच स्थापित हुने वातावरण तयार गर्न उनिहरुको माग छ ।

हाईलाईट्स बुँदाहरु
बाहाने स्याउलिबाङ्ग सडक बन्नुप¥यो ।
स्वास्थ्य चौकी भवन कहाँ हरायो !
मोवाईल लाग्दैन ।
विजुली छैन्।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top