शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जस्तापाता बुहारीले माईत लगेपछी ……….


प्यार अलि खाँन
ऐरावती गाँउपालिकाले गरिब तथा विपन्न वर्गका लागि भन्दै जस्तापाता वितरण गर्ने योेजना ल्यायो । गाँउलेहरु खुसी पनि भए तर वडा नं. ५ का स्थानीय रामबहादुर राना भने यो खुशीमा रम्न सकेनन् । रानाकै नाममा वडा मार्फत जस्तापाता पाउने सुचिमा उनि परे तर वडा अध्यक्ष र गाँउपालिकाका प्रवक्ताले भने रानाकी बुहारी फुलमाँया रानालाई बोलाएर जस्तापाता वितरण गरेको स्थानीयहरु बताउँछन् ।
मानाचामल छुट्टै खाएका उनिहरु सन् १९८० मा बनेको बुढोघरमा संगै बस्दै आएका छन् । खरले छाएको र जताततै चुहिने बुढो घरमा जस्तापाताले छाउने रहर अपुरो भएको राना बताउँछन् । “पानी पर्दा विजोग हुन्छ ।” रानाले भने, “भोट नदिएर त होला, बुहारी नेता परिन अनि उनैलाई बोलाएर टिन दिए ।” उता वडा अध्यक्ष चन्द्र बहादुर रोकामगरले भने, जस्तापाता पाउने सुचिमा फुलमाँयाकै नाम सुचिकृत भएको दावी गर्छन । “विवादलाई मिलाउने कोशिष गर्छौ ।” रोकामगरले भने ।


जस्तापाता वितरण विवादबारे निवेदन प्राप्त भएको गाँउपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । “हाम्रो ध्यानाकर्षण भएको छ ।”उपाध्यक्ष बस्नेतले भने,“अनुगमान पश्चात् छिट्टै समस्या समाधान गर्नेछौँ ।” गाँउपालिकाले गरिब तथा विपन्न वर्ग भित्रबाट प्रत्येक वडाका २५ घरधुरीलाई खरको छाना विस्थापन गरि जस्तापाताले घर छाईदिने नीति ल्याएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top