शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

लेखापाल नहुँदा प्यूठान अस्पताल प्रभावित


 

प्यार अलि खाँन
जिल्लाको एक मात्र प्यूठान अस्पतालमा लेखापाल नहुँदा अस्पतालको दैनिक सेवा संचालन प्रभावित बन्दै गएको छ । करिब २ वर्ष अघिबाटै लेखापाल नहुँदा अस्पतालको दैनिक आथिक कारोवार तथा सेवा प्रभावित बन्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा–शेषराज घिमिरेले बताए । “दैनिक रुपमा सर्जिकल तथा औषधिहरु खरिद गर्नुपर्ने हुन्छ ।” घिमिरेले भने, “लेखापाल नहुँदा टेण्डर तथा खरिद प्रक्रियानै पूर्णरुपमा प्रभावित भएको छ ।” लेखापालको जिम्मेवारी जानी–नजानी स्वास्थ्य कर्मचारीहरुले बहन गर्नुपरेको डा–घिमिरेले गुनासो पोखे । समस्याबारे वारम्वार जानकारी गराएपनि सुनुवाई तथा कार्यान्वयन नभएको डा–घिमिरे बताउँछन । अस्पताल व्यवस्थापन समितिले कोटेशन मार्फत २५ लाख रुपैयाँको औषधि तथा औषधीजन्य सामाग्रीहरु खरिद गरेपनि समस्या नटेर्नै घिमिरेले बताए । “अब मात्र १५ दिनलाई पुग्ने औषधी स्टोर छ ।” घिमिरेले भने, “यही अवस्था रह्यो भने अस्पतालको सेवाहरु घटाउँदै लानुपर्ने अवस्था सिर्जना हुनेछ ।”
सुत्केरी हुन आउने महिलाहरुलाई यातायात खर्च वापत दिईने २ हजार र चार गर्भजाँच वापत दिईने ८ सय रुपैयाँ समेत दिन नसकिने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ । लेखा तथा दाखिलाको जोखिम स्वास्थ्य कर्मचारीले व्यक्तिगत रुपमा लिन नसक्ने अस्पताल प्रशासनको भनाई छ ।
“हामीले लेखाको समस्टिगत प्रक्रिया जान्दैनौँ ।” अस्पताल सुपरिटेण्डेन्ट घिमिरेले भने, “कसरी रिश्क उठाउने, काम चलाउ गरियो, अब गर्न गाह्रो भयो ।” अस्पतालको मर्मत सम्भार तथा बजेट कार्यान्वयन समेत फितलो हुँदै गएको घिमिरे बताउँछन् । लेखापाल नहुँदा औषधी खरिद भुक्तानी तथा अस्पताल मर्मतसम्भारका संम्पूर्ण कामहरु पूर्णरुपमा प्रभावित भएको छ ।
लेखापालको अभावमा अस्पतालको दैनिक तथा एम्बुलेन्स सेवाको आम्दानीलाई व्यवस्थित गर्न, कर्मचारी तलब भत्ता वितरणमा समेत सास्ती भएको प्यूठान अस्पतालले जनाएको छ । ५० सैयाको प्यूठान अस्पताल कागजमा मात्र सिमित हुँदा सेवाप्रवाहमा समेत जटिलता देखिदै आएको छ । दैनिक २ सय भन्दा बढी विरामीलाई सेवा दिने प्यूठान अस्पतालको स्तरबृद्धिमा राज्यको समयमै ध्यान जानुपर्ने र स्थानीय सरकार बढी जिम्मेवार हुुनुपर्ने प्यूठानी अगुवाहरु बताउँछन् ।
८ जना विशेषज्ञसहित ११ औँ तहको मेडिकल सुपरिटेण्डेन्ट दरबन्दी अहिलेसम्म पुरा हुन सकेको छैन् भने हाल अस्पतालमा ५ जना मेडिकल अधिकृत र १ जना छात्रावृत्ति करारका एमडिजिपी डाकटरले अस्पतालमा सेवा दिदै आएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top