
प्युठान,९ भदौ ।
५ नंम्बर प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले आधुनिक युगसंगै महिलाहरु परिवर्तन भएको बताउनुभएको छ । सोमबार प्युठान नगरपालिका नगर स्तरिय महिला सञ्जालले आयोजना गरेको तीज गित तथा नृत्य प्रतियोगितामा उहाँले अहिलेका महिलामा चेतना आएको बताउनुभयो । हिजो एकै खालको परिवेश थिएन, महिलाहरु आफु– आफुमा विद्रोह, कुन्ठा, झगडा, गुनासो गर्ने गनुहुन्थ्यो, उहाँले भन्नुभयो,–‘आधुनिक युगका महिलाहरु परिवर्तनशिल भई एकमुख हुनुहुन्छ । ’ महिलाहरु देश निर्माण अभियानमा लागेको समेत प्रदेश सदस्य रिजालले बताउनुभयो ।

तीज गित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रिजालले देश निर्माणका लागि महिलाहरुको अहम भूमिका हुने बताउनुभयो । जनशक्ति उत्पादनसंगै जनशक्तिलाई कुन दिशातर्फ लाने भन्ने महिलाकै हातमा हुन्छ, उहाँले भन्नुभयो,–‘त्यसैले महिलालाई सबैले सम्मान गर्नुपर्छ । ’ देशको परिवर्तन गर्नलाई अगाडी वढनुभएका महिलाहरुलाई दाजुभाईले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दाजुभाईहरु विदेशी भूमिमा हुनुहुन्छ, महिलाहरुले उहाँलाई रोक्नलाई आग्रह गर्नुभएको छ, उहाँले भन्नुभयो,–‘सोही अनुसार अहिलेको सरकार लागिपरेको छ । ’ यूवा दाजुभाईहरुलाई रोजगारी दिने हिसाबले सरकारले आफ्ना कार्यक्रमहरु अगाडी सारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘नेपाल सरकारले कृषिलाई ध्यान दिई उत्पादनमा जोड दिएको छ । ’
तीज मनाउने क्रममा विकृत नफैलाउन उहाँले आग्रह गर्नुभएको छ । परम्परागत संस्कार,संस्कृति मध्ये राम्रालाई अगाल्दै अगी वढनुपर्छ उहाँले भन्नुभयो,–‘आयु वढाउने नाममा महिलाले गर्ने कष्ट राम्रो मानिदैन् । ’ तीजलाई उच्च चेतनाको चार्ड बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । समाजमा भड्किलो पर्वका रुपमा यो पर्वलाई मनाउनुभन्दा पनि दिदीबहिनी विचमा स्वास्थ्य शन्देस, कृषि सन्देश लगाएतका कुरामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
तीज गित तथा नृत्य प्रतियोगिता

नगर स्तरिय महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा नगरक्षेत्रभित्रका १३ जना समूहले सन्देशमुलक प्रस्तुती देखाएका थिए । नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरि समूहको उपस्थिती थियो । तीज गित तथा नृत्य कार्यक्रममा उत्कृष्ट हुनेलाई आयोजकले पुरुस्कार समेत प्रदान गरेको थियो । बागेश्वरी बचत तथा ऋण सहकारी संस्था प्युठान नगरपालिका १० प्रथम, बिजयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था प्युठा नगरपालिका ३ दृतिय र संगम बचत तथा ऋण सहकारी संस्था तृतिय भएका छन् ।
जसमा प्रथमले नगद रु पाँच हजार र प्रमाणपत्र, दृतियले रु चार हजार पाँच सय र प्रमाण पत्र , तृतीय हुनेले नगद रु चार हजार र प्रमाणपत्र पाएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सहभागी अरु १० समूहलेपनि नगद रु दुई÷दुई हजार पाएको आयोजकले जनाएको छ । प्युठान नगरपालिका र नेपाल बैंक लिमिटेड विजुवार शाखाको सहयोगमा कार्यक्रम गरिएको हो ।
सञ्जालकी अध्यक्ष भगवती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख पदम थापा, प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले महिला दिदीवहिनीहरुलाई तीज पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।
पत्रकार सागर रिजालको सहयोगमा !
कमेन्ट गर्नुहोस !