आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

सरुमारानीमा स्वरोजगार बनाउन तालिम २३ लाख रुपिँया लागतमा दुई सय ७६ जनालाई तालिम


 
सागर रिजाल
प्युठान,४ भदौ ।
सरुमारानी गाउँपालिका प्युठानले आर्थिक वर्ष ०७५÷०७६ मा स्थानियबासीलाई स्वरोजगार बनाउन १४ वटा तालिम सञ्चालन गरेको छ । पालिका क्षेत्रभित्रका सबै स्थानियलाई जागिर दिन नसकिने र गाउँमै केहि गरेर आर्थिक लाभ हुने उदेश्यले तालिमहरु सञ्चालन गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । गाउँठाउँका यूवाहरु विदेशिने क्रम वढेको छ, अध्यक्ष विकले भन्नुभयो,–‘विदेशीने यूवालाई गाउँमै केहि रोजगारी सिर्जना गर्नका लागि तालिम दिईएको हो । ’
करिब २३ लाख बजेट विनियोजन
गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा २२ लाख ८० हजार रुपिँया लागतमा दुई सय ७६ जनालाई तालिम सञ्चालन गरिएको हो । पालिकाले हाउस वायरिङ तालिमको लागि ७५ हजार रुपिँया विनियोजन गरेको थियो । वायरिङ तालिम यस क्षेत्रका १० जनाले लिएको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । त्यस्तै ७५ हजार रुपिँया लागतमा चार जनालाई वेल्ड्रिङ तालिम , दुई लाख लागतमा २२ जनालाई आधारभुत कम्प्युटर तालिम , ६० हजार लागतमा १५ जनालाई मसला प्रशोधन तालिम , दुई लाख लागतमा १२ जनालाई हाते होजियारी तालिम, एक लाख ५० हजार रुपिँया लागतमा १२ जनालाई अचार बनाउने तालिम, एक लाख ५० हजार रुपिँया लागतमा १२ जनालाई भूजिया नमकिन बनाउने तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विकले जानकारी दिनुभयो ।
त्यस्तै पाँच लाख रुपिँया लागतमा ८५ जनालाई आधारभुत सिलाई कटाई तालिम, एक लाख २० हजार रुपियाँ लागतमा १२ जनालाई पंखा तथा मोटर मर्मत तालिम, एक लाख रुपिँया लागतमा १५ जनालाई व्युटीपार्लर तालिम, तीन लाख रुपिँया लागतमा १२ जनालाई एडभान्स सिलाईकटाई तालिम, एक लाख ५० हजार रुपिँया लागतमा ४० जनालाई लोकसेवा आयोग तयारी कक्षा र दुई लाख रुपिँया लागतमा १५ जनालाई एडभान्स व्युटीपार्लर तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विकले जानकारी दिनुभयो ।
स्थानीय तहमा रहेका वेरोजगार जनशक्तीहरुलाई वस्तुगत आवश्यकताको आधारमा विभिन्न तालिमहरु संचालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले बताउनुभयो । यस्ता तालिमबाट स्वरोजगारतर्फ अघि बढ्नुका साथै स्थानीय स्तरमा केही गर्नुपर्छ भन्ने भावनाको समेत विकास हुने अपेक्षा गाउँपालिकाकाले लिएको उहाँले बताउनुभयो ।वेरोजगारहरुमा व्यवसाय गर्न प्रोत्साहन गर्न आगामी दिनमा समेत यस्तै कार्यक्रम गाउँपालिकाले संचालन गर्दै जाने उहाँले बताउनुभयो ।
चालु आवमा पनि नयाँ तालिम दिईने
गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि नयाँ तालिम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष विकले बताउनुभयो । अगिल्लो आर्थिक वर्षमा तालिम दिएका मध्ये व्यवसायमा जोडिएकालाई थप उत्पेरणा दिने उदेश्यले तालिम सञ्चालन गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष विकले बताउनुभयो । सिपमा निखारता संगै गाउँमै व्यवसायमा स्थानिय जोडियौन भन्ने उदेश्य सहित व्यवस्थित खालको तालिम दिने योजना रहेको समेत उहाँले बताउनुभयो । जिल्लाका अरु स्थानिय तहभन्दा स्वरोजगारमुलक तालिम सञ्चालन गर्ने पालिका सरुमारानी हो ।

.

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top