आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

गुनासो व्यवस्थापनका लागि टोल फ्रि नंम्बर


सागर रिजाल
प्युठान,३ भदौ ।
प्युठान नगरपालिकाले गुनासो सुनुवाई व्यवस्थापनका लागि टोल फ्रि नंम्बर सञ्चालनमा ल्याएको छ । नगरप्रमुख अर्जुनकुमार कक्षपतिले टोल फ्रि नंम्बर कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नगरक्षेत्र भित्र रहेका जनताहरुको गुुनासोहरुको संकलन गर्नका लागि टोल फ्रि नंम्बरको सञ्चालनमा ल्याएको बताए । नगरपालिका नआई घरमै बसेर निशुल्क रुपमा गुनासाहरु टिपाउने व्यवस्था ल्याएका छौँ, नगरप्रमुख कक्षपतिले भने,–‘यसले सुशासनयुक्त नगरपालिका बनाउन सघाउ पुर्याउने छ । ’
नगरपालिकाले १६६०८६४२०९० टोल फ्रि नंम्बर निशुल्क रुपमा सञ्चालनमा ल्याएको नगरप्रमुख कक्षपतिले बताए । पाँचौ नगरसभाबाट पारित गरि कार्यविधिनै बनाएर नंम्बर सञ्चालनमा ल्याएको उनले बताए । नगरपालिकाका सूचना प्रविधि अधिकृत आशिष प्रोख्रेलले गुनासो टिप्ने जिम्मा दिईएको छ । गुनासोहरु पाँच प्रकृतिमा टिप्न सकिनेछ । सूचनाको लागि अनुरोध, सहयोगका लागि अनुरोध, कृयाकलापमा सामान्य असन्तुष्टी,गम्भीर प्रकृतिमा पर्न सक्ने गुनासो, गम्भिर प्रकृतिका गुनासो गरि पाँच श्रेणीमा गुनासो टिपाउन सकिने नगरप्रमुख कक्षपतिले बताए ।
गुनासो सुनुवाईका लागि समिति
नगरपालिकाले हरेक क्रियाकलापलाई जवाफदेहि बनाउनका लागि उपप्रमुख शान्ता आचार्यको संयोजकत्वमा तीन सदस्यीय गुनासो सुन्ने समिति समेत निर्माण गरेको छ । जसमा प्रमुख प्रशासकीय अधिकृत र गुनासो गर्ने व्यक्ति हुनेछन् । नगरक्षेत्रका स्थानियहरुले दिएका गुनासा अनुसारनै काममा निखरता ल्याउन सकिने नगरप्रमुख कक्षपतिको भनाई छ । सेवाग्राहीले गरेका गुनासाहरु नगरपालिकाले जतिसक्दो छिटो सुनुवाई र व्यवस्थापनमा ध्यान दिने छौँ, नगरप्रमुख कक्षपतिले भने,–‘यसले काममा सहजता हुनेछ ।’
नगरको विशेष सभा
प्युठान नगरपालिकाले मंगलबार नगर विशेष सभा गरेको छ । नगरसभाले आर्थिक वर्ष ०७५÷०७६ मा सम्पन्न भएका योजनाहरुको विविध कारणले रोकिएका योजनाहरु भुक्तानी गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एंव वडा नंम्बर ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले जानकारी दिए । उनका अनुसार काम सम्पन्न भएका एक सय ६२ ओटा योजनाको रकम भुक्तानी दिईने छ । तीन करोड, ८७ लाख ७६ हजार तीन सय नौ रुपिँया रकम भुक्तानी दिईने प्रवक्ता भण्डारीले बताए । त्यस्तै ४३ लाख ४९ हजार एक सय २५ रुपिँया अल्या गर्ने योजना, दुई करोड ५८ लाख ५१ ह्जार छ सय चार रुपिँया कमाग्रत योजना र दुई लाख रुपिँया दलित अक्षयकोषको लागि निर्णय गरेको प्रवक्ता भण्डारीले बताए ।
नगरसभाले नगरक्षेत्रका तीन तलाभन्दा माथिका घरलाई अभिलेखीकरण गर्ने निर्णय समेत गरेको छ । २०७६ असार सम्म बनेका घरको दोब्बर दस्तुर लिई कार्तीक मसान्तसम्म अभिलेखीकरण गरिने प्रवक्ता भण्डारीले बताए । प्युठान नगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को वित्तिय प्रगति ८३.२४ प्रतिशत भएको प्रवक्ता भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top