आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

कर्मचारीको जिल्ला परिषद सम्पन्न


 

जायश्वर जैसी
प्युठान,१ भदौ ।

नेपाल विद्यालय कर्मचारी परिषद प्युठानको प्रथम जिल्ला परिषद आज शैक्षिक भवन विजुवार प्युठानमा सम्पन्न भएको छ ।
प्रेम कुमार जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष एवं नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य रामप्रकाश कुमाईले विगतदेखि नै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी बीचमा सहकार्य हुन नसक्दा विद्यालय कर्मचारीहरूको अधिकारलाई स्थापित गर्न नसकिएकोले आउने दिनमा शिक्षक र विद्यालय कर्मचारी एकतबद्ध हुनुको विकल्प नभएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले जिल्लाका शैक्षिक गतिविधिहरूलाई एकरूपता बनाउन खोज्दा स्थानीय तहका जनप्रतिनिधिहरूले रुचि नदेखाएको बताए । त्यस्तै प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले राज्य संरचनामा काम गर्ने व्यक्ति सामन्ती सोचबाट मुक्त नहुँदासम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने भन्दै विद्यालय कर्मचारीहरूका समस्याप्रति आफू सचेत रहेको बताए । कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले विद्यालय कर्मचारीको समस्या राज्यले नसुने पनि आफूले गएको वर्षदेखि केही मात्रामा भएपनि प्रोत्साहन रकम थप गरेको बताए । नेपाल शिक्षक महासंघ प्युठानका सह अध्यक्ष शोभाराम भट्टराईले शिक्षक र विद्यालय कर्मचारीका कुरा सुन्ने भनेको शिक्षक महासंघ मात्रै भएको बताए ।
कार्यक्रममा विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष गोबिन्द बहादुर जिसी, केन्द्रीय सदस्य प्रमोद गौतम र ५ नं। प्रदेश अर्थ महासचिव प्रेमबहादुर विष्ट, अखिल नेपाल शिक्षक संघ प्युठानका सचिब डम्बर जिसी, नेपाल शिक्षक संघ प्युठानका उपाध्यक्ष माधव पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिब ज्ञानहरी रिजाल, शिक्षा पत्रकार समूह प्युठानका संयोजक जायश्वर जैसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रुखबाट लडी घाइते भएका विद्यालय कर्मचारी परिषद प्युठान संस्थापक अध्यक्ष एवं शारदा माध्यमिक विद्यालय प्युठानका विद्यालय सहयोगी रामचन्द्र खत्रीलाई विभिन्न ठाउँहरूबाट संगठनको पहलमा संकलन गरिएको रू ३३,९६० रुपैयाँ कर्मचारी परिषद प्युठानका अध्यक्ष प्रेमकुमार जिसीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रेमकुमार जिसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत ग्ररेका थिए । कार्यक्रममा स्वागत मन्तव्य परिषदका जिल्ला उपाध्यक्ष टोपबहादुर थापाले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिब रिखिराम पुनले गरेका थिए । आजै बन्दसत्र सम्पन्न भइ प्रथम जिल्ला परिषद सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top