आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा सरोकार समूहले कपडा संकलन गर्दै गरिब,असाहय र विपन्न परिवारलाई कपडा दिईने


 

सागर रिजाल

प्युठान,३१ साउन ।

समृद्धिका लागि परिवर्तन परिवर्तनका लागि शुरुवात, शुरुवातका लागि ‘म’ भन्ने मुल नाराका साथ सरोकार  समूह प्युठानले जिल्लाका मुख्य व्यपारिक क्षेत्रमा कपडा संकलन कार्य शुरु गरेको छ । गरिब, असाहय तथा विपन्न व्यक्तिहरुको लागि आवश्वक पर्ने  नयाँ तथा पुराना लत्ता कपडा निशुल्क वितरण गर्नका लागि कपडा संकलन कार्य सञ्चालन गरिएको समूहका संयोजक सुमन सुवेदीले बताउनुभयो । नेपालका धेरै ठाउँमा यस्ता अभियानहरु सञ्चालन भएसंगै आफ्नो समूहलेपनि यो अभियानलाई प्राथमिकताका साथ सुचारु गरेको उहाँले बताउनुभयो । गत साउन २५ गतेबाट मित्रमणी चोक विजुवारमा प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले कपडा दिएर उद्घाटन गरेको यो अभियान यो हप्तामा जुम्री, बाग्दुला र  दाखाक्वाडीमा सञ्चालन हुने समुहले जनाएको छ ।

नागरिक सरोकारका विषयमा पैरवी तथा वकालत गर्ने सामाजिक संस्था सरोकार समूहले सञ्चालन गरेको अभियानमा सबैले सहयोग गरि लगाउन मिल्ने घरमा प्रयोग विहिन अवस्थामा रहेका विभिन्न लत्ता कपडाहरु दिएको संयोजक सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘दाताहरुले विपन्न परिवारको हितको लागि नयाँ कपडा समेत खरिद गरेर दिनुभएको छ ।’  संकलन भएका कपडाहरु गरिब, असाहय , विपन्न तथा आवश्यकपर्ने व्यक्तिले लाने क्रम पनि जारी रहेको  सुवेदीले बताउनुभयो । पहिलो चरणमा मुख्य व्यपारिक केन्द्रमा सञ्चालन गरिएको यो अभियान जिल्लाका अन्य स्थानिय तहमा समेत लैजाने योजना बनाएको संयोजक सुवेदीले बताउनुभयो । यो अभियानलाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग संगै कपडा संकलन अभियानमा उल्लेखनीय सहभागी भएको उहाँले बताउनुभयो ।

विगत एक वर्ष देखी सरोकार  समूह प्युठानले सामाजिक सरोकार राख्ने विषयमा कामहरु गर्दै आएको छ । नागरिक जागरण, उपभोक्ता सचेतिकरण, रक्तदान जस्ता कार्यक्रमहरु गरिसकेको संयोजक सुवेदीले बताउनुभयो ।  त्यस्तै समूहले स्थानिय सरकारले सम्पादन गरेका सार्वजनिक कार्यक्रमहरुको नागरिक स्तरबाट अनुगमन समेत गरेको छ । यो संगै चालु आर्थिक वर्षको सुरुवातसंगै समूहले सामाजिक सेवा पुर्याउनुका साथै गरिब, असाहाय तथा विपन्न परिवारलाई हित पुर्याउने उदेश्यले कपडा संकलन कार्यक्रम गरेको संयोजक सुवेदीको भनाई छ ।

अभियानलाई जनप्रतिनीधिलाई उत्तरदायी बनाई नगरपालिका संगै गाउँपालिका क्षेत्रमा पनि स्थानिय सरकार, यूवा सर्कल, बुद्धिजीवि समेतलाई सहभागी बनाई आफ्नै अपनत्व हुने गरि स्वतस्फूर्त रुपमा जनसरकारका विषयमा जागरुप हुने अभियान समेत भएकाले यसमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको संयोजक सुवेदीले बताउनुभयो । समूहले आगामी दिनमा सुशासन, पार्दशिता, जवाफदेहिताका सवालमा संघ ,प्रदेश र स्थानिय सरकारसंग नजिक भएर काम गर्ने संयोजक सुवेदीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top